माओवादी कार्यकर्ता २ नम्बर प्रदेशमा

माओवादी कार्यकर्ता २ नम्बर प्रदेशमा

काठमाडौं: माओवादी केन्द्रले तराई-मधेसमा पार्टी नेता-कार्यकर्ता परिचालन तीव्र पारेको छ । २ असोजमा हुने प्रदेश नम्बर २ को तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको केन्द्रले पार्टी शीर्ष नेता मात्रै होइन, जनवर्गीय संगठनका केन्द्रीय नेतादेखि दुई नम्बर प्रदेश बाहिरका जिल्लाका संगठनसमेत परिचालन गरेको छ।

केन्द्रका शीर्ष नेता अहिले तराई-मधेसमा खटिइरहेका छन् भने जनवर्गीय संगठन-मोर्चाले पनि आफ्ना नेता-कार्यकर्तालाई त्यहाँका ८ जिल्लामा परिचालन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत नेता तराई-मधेसमै परिचालन भइरहेका छन् । दाहाल आफैं दोस्रो पटक तराई-मधेसमै २१ भदौदेखि खटिइरहेका छन् । यसअघि उनी १२ देखि १९ भदौसम्म तराई-मधेसका जिल्लामा चुनावी कार्यक्रममा सहभागी भएका थिए।

जनवर्गीय संगठन मजदुर, विद्यार्थी, वाईसीएल, बुद्धिजीवी संगठनका नेता-कार्यकर्ता तराई-मधेसमा केन्द्रित भएका छन् । वाईसीएलले संगठनको सिंगो हेडक्वार्टर नै तराई-मधेसमा परिचालन गरेको छ । बर्दिबासमा केन्द्र्रीय सम्पर्क कार्यालय राखेर अध्यक्ष रामप्रसाद सापकोटा तराई-मधेसका ८ वटै जिल्लामा अनुगमन गर्ने गरी अन्य जिल्लामा उपाध्यक्ष, महासचिवलगायत पदाधिकारीको नेतृत्वमा वाईसीएलले नेता-कार्यकर्ता परिचालन गरेको छ।

सिरहामा उपाध्यक्ष विरु तामाङ, महोत्तरीमा उपाध्यक्ष लालेन्द्र मण्डल, धनुषामा सचिव विमर्श श्रीपाइली र उमेश घोरासैनी, सर्लाहीमा सचिव अरुण घिसिङ, रौतहटमा सचिव गणेश शाही र समुन देवकोटा, सप्तरीमा महासचिव सुवोधराज श्रीपाइली, बारामा सचिव दिवस पाण्डे र पर्सामा सचिव सुदीप ढुंगानालगायत नेतालाई जिम्मेवारी दिएर वाईसीएलले निर्वाचनमा खटाएको छ।

पार्टी सचिवालय सदस्य तथा वाईसीएल फ्याक्सन इन्चार्ज मणि थापा आफैं पनि वीरगन्जमा खटिएका छन् । ‘हामीले संगठनको हेडक्वार्टर नै २० दिनयता मधेसमै राखेर निर्वाचनमा खटाइरहेका छौं', वाईसीएल अध्यक्ष सापकोटा (दीपशिखा) ले भने, ‘सिंगो संगठन तराई-मधेसमा केन्द्रित छ।'

मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघले २ नम्बर प्रदेशका २८ वटा पेसागत संगठनदेखि महासंघको प्रदेश कमिटीलाई निर्वाचनमा एक महिनादेखि परिचालन गरेको संगठनका कार्यवाहक अध्यक्ष गणेश रेग्मीले जानकारी दिए । यसका अतिरिक्त चितवन, मकवानपुर, सिन्धुली र उदयपुर जिल्लाका महासंघलाई पनि सापेक्षताका आधारमा २ नम्बर प्रदेशमा परिचालन गरिएको रेग्मीले बताए।

‘२ नम्बर प्रदेशका संगठनको सिंगो फोर्स निर्वाचन केन्द्रित छ, साथमा नजिकका चितवन, मकवानपुर, सिन्धुली र उदयपुरको संगठनलाई पनि तराई-मधेसका ८ जिल्लामा हामीले खटाएका छौं,' रेग्मीले भने।

उता, विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि संगठनका उपाध्यक्षहरूको नेतृत्वमा ८ जिल्लामा विद्यार्थी परिचालन गरेको छ । क्रान्तिकारीका महासचिव उत्तम अधिकारीका अनुसार क्रान्तिकारी विद्यार्थीले एउटा जिल्लामा संगठनका एक जना केन्द्रीय उपाध्यक्षको नेतृत्व रहने गरी केन्द्रीय सचिव र तराई-मधेसबाहिरका अन्य २ जिल्लाका विद्यार्थी परिचालन गरेको छ।

सप्तरीमा उपाध्यक्ष इन्द्र भुसालको नेतृत्वमा सचिव गजेन्द्र देवसहित सुनसरी र मोरङ जिल्ला कमिटी, सिरहामा उपाध्यक्ष दीपेश पुनको नेतृत्वमा सचिव दीपक भट्ट र उदयपुर तथा सिन्धुली जिल्ला समिति, धनुषामा उपाध्यक्ष रविकिरण यादवको नेतृत्वमा सचिव नरेश रेग्मी तथा सिन्धुपाल्चोक र काभ्रे जिल्ला कमिटी, महोत्तरीमा उपाध्यक्ष विजय गौतमको नेतृत्वमा सचिव मदन भट्टराई र मकवानपुर तथा चितवन जिल्ला समितिका विद्यार्थी परिचालन भएका छन् ।

त्यस्तै, सर्लाहीमा उपाध्यक्ष सुरेन्द्र बस्नेतको नेतृत्वमा सचिव राजकुमार लिम्बू र झापा तथा इलाम जिल्ला कमिटी, रौतहटमा उपाध्यक्ष तिलकराज भण्डारीको नेतृत्वमा सचिव पवन कार्की र काठमाडौं तथा ललितपुर जिल्ला, बारामा उपाध्यक्ष पञ्चा सिंहको नेतृत्वमा सचिव मदन भूल र रुपन्देही तथा क्याम्पस जिल्ला कमिटी, पर्सामा उपाध्यक्ष दीपक देवकोटाको नेतृत्वमा सचिव अच्युत भट्ट र भक्तपुर तथा प्राविधिक जिल्ला कमिटी परिचालन भएको महासचिव अधिकारीले बताए।

माओवादीका महिला, बुद्धिजीवीलगायत संगठन पनि निर्वाचनका लागि अहिले तराई-मधेसमा ओइरिएका छन् । ‘पार्टी उम्मेदवारको प्रचारप्रसार, चुनावी व्यवस्थापन, सुरक्षालगायत विषयमा यसरी नेता-कार्यकर्ता खटिनुभएको छ,' माओवादी २ नम्बर प्रदेशका नेता बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.