सिरहाको मेयरमा तीन डाक्टरको भिडन्त

सिरहाको मेयरमा तीन डाक्टरको भिडन्त

सिरहा: स्थानीय तहको तेस्रो चरणअन्तर्गत असोज २ गते हुने निर्वाचनमा सिरहा नगरपालिकामा चारजना चिकित्सक चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।
सिरहा नगरपालिकाको मेयरका लागि एमालेले मेयरमा डा. नवीन यादव, कांग्रेसले डा. सुवासचन्द्र यादव र नयाँशक्ति पार्टी नेपालले डा. दिलीप सदायलाई उम्मेदवार बनाएका हुन्। एमालेले उपमेयरमा समेत डा. नमिता यादवलाई उभ्याएको छ।

कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका डा. सुवासचन्द्र केन्द्रीय कोषध्यक्ष तथा सांसद् सीतादेवी यादवका छोरा हुन्। डाक्टर यादवका बुबा चन्द्रनारायण यादव तात्कालीन जिल्ला विकास समिति सिरहाका सभापति थिए। माओवादीले द्वन्द्वकालमा उनको हत्या गरेको थियो।

यस्तै एमालेबाट मेयरमा उम्मेदवारी दिएका डा. नवीन बालरोग विशेषज्ञ हुन्। उनका बुबा हेमनारायण यादव एमालेबाट ०५१ सालमा सांसद् थिए। साथै उनकी आमा पारोदेवी यादवसमेत एमालेबाटै अन्तिरिम कालमा सांसद् भएकी थिइन्।

डा. नवीनका बुबा हेमनारायण र डा. सुवासचन्द्रका बुबा चन्द्रनारायण विगतमा पनि चुनावी प्रतिस्पर्धी थिए। अहिले छोरा पुस्तामा पनि एक अर्काका प्रतिस्पर्धी बनेपछि सिरहा नगरपालिकाको चुनाव रोमाञ्चक बनेको मतदता बताउँछन्।

यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले पनि मेयरमा चिकित्सक नै रोजेको छ। नयाँशक्तिले मेयरम पदमा दिलीपलाई उम्मेदवार बनाएको हो । दिलीप मधेसी दलित मुसहर समुदायका हुन्। जिल्ला अस्पताल सिरहामा करारमा कार्यरत दिलीपले उम्मेदवार बन्न मनोनयन दर्ता हुनुभन्दा तीन दिन अगाडि राजीनामा दिएका थिए।

चारैजना चिकित्सकले सिरहा नगरपालिकालाई आधुनिक तथा व्यवस्थित सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बिरामीको उपचार धेरै गरेको र अब विकासमा पछाडि परेको सिरहा नगरपालिकाको विकास गर्न उम्मेदवार बनेको उनीहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.