‘बाँध बाध्नेलाई जिताउँछौं'

‘बाँध बाध्नेलाई जिताउँछौं'

बर्दिबास: गाउँमा भोट माग्न जाने सबै उम्मेदवारलाई पशुपतिनगरका ६९ वर्षीय बिल्टु साह दुई हात जोड्दै भन्छन्, ‘रातु खोलाले कटान गरेको खेत हेर्न हिँड्नुस् जसले रातु खोलामा पक्की तटबन्ध बनाउँछ हामी उसैलाई भोट दिन्छौं।' बर्दिबास नगरपालिकाका मेयर पदका उम्मेदवार सुरेशबहादुर राउतका लागि भोट माग्न गएका एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई खोलाको बाढीबाट पीडित बिल्टुले भनेको वाक्य हो यो।

जब जब वर्षा आउँछ तबतब उनी पिरोलिन्छन्। उनी मात्र होइन, उनको गाउँ पशुपतिनगर, छिमेकी गाउँ किसानगर, भंगहा, सिग्याहीका हजारौं किसान रातु खोलाको बाढीले सुकुमबासी भएका छन् । रातु खोलामा आउने बाढीले खेतीयोग्य जमिन कटान गरेर बर्सेनि किसानलाई दुःख दिँदै आएको छ। रातु खोलाले देखाउने ताण्डवले धेरै किसान घर न घाटका बनेका छन्।

बिल्टु भन्छन्, ‘साउनको बाढीले दस कट्ठा उखु र मकै लगाएको खेत एकै रातमा खोलाले बगायो। अहिले खेतमा ढुंगा र बालुवा मात्र छ। खेत पनि गयो। ८ हजार कर्जा लिएर खेती गरेको ऋण महाजनलाई तिर्न बाँकी नै छ। मकै र धानबाट ५० हजार रुपैयाँभन्दा बढी आम्दानी आउँथ्यो।' पोहोर परारको खेत रातु खोलाको बाढीले उनको बीस कट्ठा खेत निलिसकेको छ।

रातु खोलामा आएको बाढीले बीस वर्षदेखि खेतीयोग्य जमिन कटान गरेर किसानबाट जमिन खोस्दै आएको छ । तर किसानको पीरमर्का सुन्ने कोही छैन। अब बन्ने स्थानीय सरकारले खोलामा तटबन्ध बाँध्ने कुरामा किसान विश्वस्त छन्। पशुपतिनगरको दलित बस्ती रातु खोलाको उच्च जोखिममा छ। रामप्रकाश महराका भाइ जोगिन्दर र भतिजो रामआशीषको घर रातु खोलाले बगाएर ८ वर्षअघि उठिबास लगायो। जोगिन्दर धनुषाको बटेश्वर र रामआशीष महोत्तरीकै हत्तीसर्वास्थित मजरामा ससुरालीको शरणमा बस्दै आएका छन्। रामप्रकाश भन्छन्, ‘रातु खोलामा बाँध बने सब समस्या समाधान हुन्छ।'

बीस वर्षको अवधिमा रातु खोलाले यस क्षेत्रको सयौं बिघा खेत कटान गरेर खोला बनाइदिएको छ। ‘जुनसुकै नेताले जिते पनि रातु खोलामा बाँध बाँध्न ढिलाइ गर्नु हुँदैन। खेत रहे किसानले उब्जाएर आफू पनि खान्छ, नेतालाई पनि खुवाउँछ। सत्रुघन महरा थप्छन्, ‘भोट लिन आउने नेताले चुनावमा बाँध बाँध्ने भन्छन्। जितेर गएपछि बाँध बाध्ने प्रतिबद्धता हराउँछ।'

खेतीयोग्य जमिन खोलाले कटाउन गर्दा अन्न उत्पादनमा कमी आएको ७० वर्षीय अवधि महतोले बताए। उनले भने, ‘धेरैको खेत बाढीले बगायो । गाउँलेहरू परिवार पाल्न विदेशि । यहाँ धेरैले अन्न, तरकारी किनेर खान्छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.