'आयोगकै सल्लाहमा मन्त्रिमण्डल विस्तार'

 'आयोगकै सल्लाहमा मन्त्रिमण्डल विस्तार'

विराटनगर: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री मण्डल विस्तार निर्वाचन आचार संहिता विपरित नभएको जिकिर गरेका छन्। सप्तरी जाने क्रममा विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसंग कुरा गर्दै देउवाले आचारसंहिता विपरित नभई सरकारको आवश्यकता अनुरुप मन्त्रिमण्डल विस्तार गरिएको बताए। 

निर्वाचन आयोगसंग सल्लाह गरेरै मन्त्रिमण्डल विस्तार गरिएका कारण यसलाई आचार संहिता विपरित भनेर व्याख्या गर्न नहुने उनको दावी छ । ‘सरकारले आयोगसंगकै परामर्श र सल्लाहमा मन्त्रिमण्डल विस्तार गरेको सत्य हो,' उनले भने, ‘अहिले आएर आयोगले आचारसंहिता विपरित भन्नु चैं गलत हो।' प्रधानमन्त्री देउवाले सरकारले निर्वाचन आचार संहिता विपरितका कुनै पनि काम नगरेको दावी गरे।

उनले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनकै लागि आयोगले आचारसंहिता लगाएकाले आचारसंहिताको सरकारले पूर्ण रुपमा पालना गरिरहेको दावी गरे। आचारसंहिताले सरकारको काम कारवाहीमा कुनै पनि अफ्ठेरो नपर्ने बताउँदै उनले भने, ‘आयोगसंगकै परामर्शमा सरकार अघि बढिरहेको छ । आचारसंहिताले कुनै असर गर्दैन।'

देउवाले जनताको भावना र आवश्यकता अनुसार संविधान संशोधन गर्दै जान सकिने पनि बताए। संविधानलाई सर्वस्वीकार्य बनाउन जनताको चाहना अनुसार एमाले लगायतका दलसंग सहमति गरेर संविधान संशोधन गरिने उनको भनाइ छ। कांग्रेस सभापति समेत रहेका देउवाले मधेशको मागप्रति पार्टी गम्भीर रहेको बताए। आयल निगम जग्गा प्रकरणमा उनले भने, ‘सरकार मौन बसेको छैन। यो विषयमा विभिन्न समितिले छानविन गरिरहेका छन् । त्यही भएर यसमा अहिले सरकारले हात हालेको छैन।'

देउवा विराटनगर विमानस्थल हुँदै सप्तरीतर्फ लागेका थिए। प्रधानमन्त्री आउने भएपछि मंगलबार विहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। ठाउँ ठाउँमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.