'रेमिटेन्सले चलेको अर्थतन्त्रमा लोकतान्त्रिक सरकारको ‘लुटतन्त्र’

'रेमिटेन्सले चलेको अर्थतन्त्रमा लोकतान्त्रिक सरकारको ‘लुटतन्त्र’

काठमाडौं : विवेकशील साझा पार्टीले देशमा भ्रष्टाचारका गम्भीर घटना र राजनीतिक विसंगतिका शृङखलाबद्ध खबरप्रति पार्टीको ध्यानाकर्षण भएको बताएको छ। एनसेल, कर फर्स्यौट आयोग, नेपाल आयल निगम, काठमाडौँ नेशनल मेडिकल कलेज र साझा प्रकाशन सम्बन्धी भ्रष्टाचारका खबरले कुशासन मौलाउँदै गएको भन्दै पार्टीले सरकारका गतिविधिप्रति आशंका व्यक्त गर्दै आक्रोश व्यक्त गरेको छ।

 

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै साझा पार्टीले लाखौँ युवाले अरबका मरुभूमिमा रगत र पसिना बेचेर कमाएको रेमिटेन्सको भरमा चलेको अर्थतन्त्र र लोकतान्त्रिक  सरकारको शासनमा ‘लुटतन्त्र’ को रजगज हुनु राजनीतिक गैरजिम्मेवारीको पराकाष्ठा मात्र नभएर राज्य सञ्चालनमा रहेकाको नैतिकता र मानवताको चरम स्खलन भएको समेत बताएको छ।

साझा पार्टीले सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रबाट लगातार सुन तस्करी हुनु र निर्वाचन आचारसंहिता विपरित सरकार विस्तार हुनुप्रति समेत ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

'राष्ट्रिय सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने अन्तराष्ट्रिय विमानस्थल लगायतका भन्सार नाकाबाट नियमित रूपमा हुने सुन तस्करीले राज्य संयन्त्रको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ’, पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचार संहिता समेत उलङ्घन हुने गरी बनाइएको जम्बो मन्त्रिमण्डलले सरकारको दोहनकारी प्रवृत्तिको पटाक्षेप गरेको छ।’ 

प्रेस विज्ञप्ति

विषय: मुलुकमा भईरहेको भ्रष्टाचारका तथा राजनीतिक विसंगतिका श्रृङ्खलावद्ध खबर प्रति विवेकशील साझा पार्टीको ध्यानाकर्षण

मुलुकमा भ्रष्टाचारका गम्भीर घटना र राजनीतिक विसंगतिका श्रृङ्खलावद्ध खबर प्रति विवेकशील साझा पार्टीको ध्यानाकर्षण भएको छ। एनसेल, कर फर्स्यौट आयोग, नेपाल आयल निगम, काठमाडौँ नेशनल मेडिकल कलेज र साझा प्रकाशन सम्बन्धी भ्रष्टाचारका खबरले कुशासन मौलाउँदै गएको कुरा प्रस्ट छ। राष्ट्रिय सुरक्षाका हिसाबले अत्यन्तै सम्वेदनशील मानिने अन्तराष्ट्र्रिय विमानस्थल लगायतका भन्सार नाकाबाट नियमित रूपमा हुने सुन तस्करीले राज्य संयन्त्रको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ। निर्वाचन आचार संहिता समेत उलङ्घन हुने गरी बनाइएको जम्बो मन्त्रिमण्डलले सरकारको दोहनकारी प्रवृत्तिको पटाक्षेप गरेको छ। लाखौँ युवाहरूले अरबका मरुमुमीमा रगत र पसिना बेचेर कमाएको रेमिटेन्सको भरमा चलेको अर्थतन्त्र र लोकतान्त्रिक सरकारको शासनमा ‘लुटतन्त्र’ को रजगज हुनु राजनीतिक गैरजिम्मेवारीको पराकाष्ठा मात्र हैन राज्य सञ्चालनमा रहेकाको नैतिकता र मानवताको चरम स्खलन पनि हो।

दशकौं देखिको नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदान बाट स्थापित लोकतान्त्रिक व्यवस्थाको मूल्य, मान्यता र मर्मको बर्खिलापमा देखिएका भ्रष्टाचार र अनिमियतताका यस्ता घटना प्रति सरकार र राज्यका जिम्मेवार निकायहरूको उदाशिनता उपर विवेकशील साझा पार्टी घोर भर्त्सना गर्दछ, र उपर्युक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गर्दछ। साथै भ्रष्टाचार र राजनीतिक विसंगति प्रति निरन्तर रूपमा खबरदारी गर्न विवेकशील साझा पार्टी सम्पूर्ण जनसमुदायलाई आह्वान गर्दछ।

सूर्यराज आचार्य
प्रवक्ता
विवेकशील साझा पार्टी
केन्द्रीय कार्यालय, बखुण्डोल, ललितपुर 

 

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.