निन्द्राबाट बिउझिने बित्तिकै हिँड्न प्रचण्डको अपिल

निन्द्राबाट बिउझिने बित्तिकै हिँड्न प्रचण्डको अपिल

काठमाडौ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निन्द्राबाट बिउझिने बित्तिकै हिडेर एकताबद्ध हुन अपिल गरेका छन् । उनले माओवादी आन्दोलनलाई एकाध बर्षभित्र शक्तिशाली बनाउने उदघोष गर्दै बिभाजित भएका र अन्य दलमा रहेकाहरुलाई निन्द्राबाट बिउझिन अपिल गरेका हुन।

 ‘जो जहाँबाट बिउँझिन्छ,त्यहिबाट हिडने हो । धेरै साथीहरु अझै निन्द्रामा हुनुहुन्छ । उहाँहरु पनि निन्द्राबाट बिउझिएपछि हिडनुहुन्छ । र हामी सबै एकताबद्ध हुनेछौ’ मंंगलबार काठमाडौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने । आफनो पार्टीमा प्रवेश गर्नेहरुको लहर आगामी प्रदेश र संघीय संसदको चुनावसम्म बढदै जाने प्रचण्डले बताए ।

माओवादी बिभाजित गर्नेहरुलाई जनताले अस्वीकार गरेको र जनताले माओवादी आन्दोलनका घटकहरुलाई एकताबद्ध हुन निर्देशन दिएको,सबै मिलेर फेरी शक्तिशाली माओवादी आन्दोलनको नेतृत्व गर्ने प्रचण्डले बताए । हामीले देखेको ‘सपनालाई साकार पार्ने एकतामा आएर होइन,बिभाजित भएर होइन’प्रचण्डले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.