मधेसी जनताका चाहनाअनुरुप संविधान संशोधन: प्रधानमन्त्री

मधेसी जनताका चाहनाअनुरुप संविधान संशोधन: प्रधानमन्त्री

राजविराज: चुनावी कार्यक्रम लिएर प्रदेश नम्बर २ प्रवेश गरेको नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्रीसहित प्रमुख नेताहरुको टोलीले मंगलबार राजविराजबाट चुनावी सभा सुरु गरेका छन्। स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै मंगलबार राजविराजमा काँग्रेस सप्तरीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजविराज र सप्तरीका सम्पूर्ण मागहरु काँग्रेस र वर्तमान सरकारले पुरा गर्ने बताए।

 

काँग्रेसलाई जिताएमा सबै कुरा पुरा गर्ने र राजविराज नगरपालिकाका उम्मेदवारले घोषणा गरेको कभर्ड हल, रंगशाला, हुलाकी सडक, सिटी हल निर्माण गर्ने विश्वास दिलाए।

उनले डुवान, बाढी, सिंचाइलगायतका सम्पूर्ण समस्या काँग्रेसले मात्र समाधान गर्ने भन्दै तराईका जिल्लाहरुमा वर्षेनी हुने गरेको बाढी र डुबान समस्याको स्थायी समाधानका लागि भारतसँगको सहकार्यमा कोसी उच्च बाँध निर्माण गरेर बाढी र डुबानवाट जोगाउने बताए।

मधेसी जनताको चाहनाअनुरुप संविधान संशोधन पास गराउन नसके पनि भोलिका दिनमा पास गराउने उनले प्रतिबद्धता गरे।उनले भने, 'काँग्रेस विजय भएमा मात्र प्रजातन्त्र र संघीय गणतन्त्र सुदृढ हुनेछ र मधेसी जनताका चाहनाअनुरुप संविधान संशोधन हुनेछ।'

संविधान संशोधन गर्ने काँग्रेसको योजना एमालेको असहयोगले पुरा हुन नसकेकाले एमालेलाई चुनावमा पराजित गरेर जवाफ दिनुपर्ने प्रम देउवाले बताए। उनले मधेसवादी दलहरु आफै झगडामा रुमल्लिएको र मेलमिलाप नभएकाले मधेस र देश चलाउन नसक्ने दावी पनि गरे।

राजविराजबाट चुनावी सभा सुरु गरेको काँग्रेसले मंगलबार नै सिरहाको जिरो माइलमा, बुधबार जनकपुर र महोत्तरीको बर्दिवासमा, बिहीबार सर्लाहीको मंलगवा र रौतहटको गरुडामा, शुक्रबार बाराको कलैया र विरगञ्जमा चुनावी सभा गर्ने प्रचार प्रसार समितिका संयोजक रमेश लेखकले बताए।

एमाले-मधेसी दलको उग्रताबारे चर्को भाषण गरेका वक्ताहरुले माओवादी र राप्रपाविरुद्ध एक शब्द पनि खर्चेनन्।
काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित सभामा बरिष्ट नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीता यादव, पूर्व गृहमन्त्री बिमलेन्द्र निधि, पूर्व मन्त्री रमेश लेखक, युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सांसदहरु सुरेन्द्र यादव, रन्जित कर्ण, सकलदेव सुतिहार, नेविसंघका सभापनि नैनसिंह महर, डिला संग्रौलाका साथै राजविराजका लागि मेयरका उम्मेदवार ध्रुव देव र उपमेयरका उम्मेदवार सुशिला यादवले काँग्रेसलाई स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बनाउन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.