राष्ट्रपति/उपराष्ट्रपतिका सबै विज्ञ/कर्मचारीलाई वैधता

राष्ट्रपति/उपराष्ट्रपतिका सबै विज्ञ/कर्मचारीलाई वैधता

काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो निजी सचिवालयमा नियुक्त गरेका सबै विज्ञ र कर्मचारीलाई वैधता दिने व्यवस्थासहित राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक पारित भएको छ ।

संसद्को सुशासन समितिले मंगलबार पारित गरेको उक्त विधेयकमा ‘राष्ट्रपति र उपराष्ट्रपतिले निजी सचिवालयमा नियुक्त गरेका विज्ञ र कर्मचारी यसै ऐनअनुसार नियुक्त भएको मानिनेछ' भन्ने वाक्यांश राखेर वैधता दिइएको हो । राष्ट्रपति र उपराष्ट्रपति पद सेरोमोनियल भएकाले निजी सचिवालय ठूलो नचाहिने भन्ने आवाज उठिरहेका बेला नियुक्त भएका सबैलाई वैधानिकता दिने विधेयक पारित भएको हो ।

‘राष्ट्रपति र उपराष्ट्रपतिले नियुक्त गरेका विज्ञ र कर्मचारीलाई असर नपर्ने गरी समितिले विधेयक पारित गरेको छ,' समिति सभापति मोहनसिंह राठौरले अन्नपूर्णसँग भने, ‘पछि निर्वाचित हुने राष्ट्रपति/उपराष्ट्रपतिले भने ऐनको व्यवथाअनुसार मात्र नियुक्ति गर्नुपर्नेछ ।'

राष्ट्रपतिलाई प्रेस संयोजक र उपराष्ट्रपतिलाई फोटोग्राफर आवश्यक नपर्ने भन्दै विधेयकमा प्रस्ताव गरिए पनि दलहरूको सहमतिमा राष्ट्रपतिको निजी सचिवालयमा एकजना प्रेस संयोजक र उपराष्ट्रपतिलाई एक जना फोटोग्राफर दिने व्यवस्था विधेयकमा थपिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी अन्य व्यवस्था भने हाल भइरहेका व्यवस्थालाई नै विधेयकमा राखेर पारित गरिएको समिति सभापति राठौरले जनाए । संसद्को आगामी बैठकबाट विधेयक पारित गर्ने तयारी भइरहेको राठौरले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.