चुनावपछि राजनीतिक अस्थिरताको अन्त्य हुन्छ : सञ्चारमन्त्री

चुनावपछि राजनीतिक अस्थिरताको अन्त्य हुन्छ : सञ्चारमन्त्री

बनेपा : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताएका छन्।
निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयनमा गएको उल्लेख गर्दै मन्त्री बस्नेतले अब देश समृद्धिको बाटोमा जाने विश्वास समेत व्यक्त गरे।

बनेपा ब्वाईज क्लवले आयोजना गरेको बनेपा महोत्सव २०७४ को उद्घाटन कार्यक्रममा बुधबार उनले भने, ‘स्थानीय तह, प्रदेश र केन्द्रीय निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरताको अन्त हुन्छ र देश आर्थिक समृदि तर्फ अगाडी बढ्छ।'

कार्यक्रममा उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले बनेपाको सांस्कृतिक पहिचानलाई संरक्षण गर्नको लागि युवा व्यवसायीहरुले भूमिका खेल्नु पर्नेमा जोड दिए। पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नेपाली कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्य, उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य लगायतले बनेपा महोत्सवले काभे्र जिल्लाको पहिचानहरुलाई प्रष्फुटन गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महोत्सवमा कला, संस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रबद्र्धन गर्ने उद्धेश्यले ‘उग्रेश्वर व्यापारिक, साँस्कृतिक मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव २०७४' हुन लागेको क्लवका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए।

उनका अनुसार नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यवसायिक प्रवद्र्धनको लागि १ सय ४२ वटा स्टलहरु राखिएको छ। महोत्सव भदौ २८ गतेदेखि असोज १० गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.