एमाले मधेशी विरोधी पार्टी: कांग्रेस

एमाले मधेशी विरोधी पार्टी: कांग्रेस

जनकपुरधाम: नेपाली कांग्रेसका सभापती एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका कारण मधेशी जनता अधिकारबाट बञ्चित हुनुपरेको बताएका छन्। कांग्रेसले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले मधेशविरोधी पार्टीलाई चिन्नसमेत मतदातालाई आग्रह गरे।

 

उनले भने, जनताले यस्ता मधेस विरोधी पार्टीलाई चिन्नुपर्छ र आफ्नो अधिकारलाई कुण्ठित गर्न खोज्नेलाई मतबाट जवाफ दिनुपर्छ। कांग्रेस विजयी भयो भने मात्र मधेसको अधिकार प्राप्त हुन्छ।'

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले विकास विरोधी पार्टी भएको आरोप लगाए। उनले भने, ‘देशमा शान्ति, स्थायित्व र समृद्धि ल्याउनका लागि एमाले वा माओवादीले केही गरेको छैन, त्यसैले जनताले यस्ता कम्युनिष्ट र वामपन्थी पार्टीहरुलाई निर्वाचनमा बाहिरको बाटो देखाउनु पर्दछ।'

कांग्रेस महामन्त्री शशांक कोइरालाले विश्वमा कम्युनिष्टहरुको सत्ता खस्किदै गएको हुनाले नेपालमा पनि अब कम्युनिष्टहरुलाई हटाउनुपर्ने बताए। सत्ताको मात्र उपभोग गर्ने र जनचाहनाको कदर नगर्ने एमाले जस्ता पार्टीलाई मधेसमा प्रवेश नदिन उनले मतदातालाई आग्रह गरे।

कांग्रेसका वरिष्ठ नेता एवम पूर्व महामन्त्री विमलेन्द्र निधिले एमालेको जित हुनु मधेसी जनताको हार हुने हुनाले मतदाताले मतदान गर्दा सजग हुनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.