आचारसंहिता पालना गर्न आयोगको आग्रह

आचारसंहिता पालना गर्न आयोगको आग्रह

काठमाडौं: निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन दलहरूलाई आग्रह गरेको छ।आयोगले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम र राजपालाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरेको हो।

 

आयोगले प्रदेश २ को निर्वाचन प्रचारप्रसारक्रममा तोकिएको संख्याभन्दा बढी गाडी प्रयोग भएको, गाडी, मोटरसाइकल, रिक्सा र साइकलको र्‍यालीसहित जुलुस प्रदर्शन गरिएको, निर्वाचन चिह्नअंकित टोपी, टिसर्ट, झोला, गम्छा, स्टिकर आदि प्रयोग भएको, बालबालिका प्रयोग गरिएको, भित्तेलेखन गरिएको, सार्वजनिक स्थलमा पोस्टर टाँस्ने गरिएको भन्दै दलहरूलाई यस्ता गतिविधि रोक्न भनेको हो।

त्यसैगरी, आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस नेता विमलेन्द्र निधि र सिरहा जिल्ला सभापतिसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ। भदौ २५ गते धनुषामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा निधिले कांग्रेसको निर्वाचन चिह्नअंकित गम्छा ओढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

बालबालिका प्रयोगप्रति आपत्ति
आयोगले विभिन्न राजनीति दलका चुनावी कार्यक्रममा बालबालिका प्रयोग भएकोप्रति आपत्ति जनाएको छ।

सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित कांग्रेसको सभामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिका प्रयोग गरिएको आयोगको दाबी छ।

आचारसंहिताविपरीत चुनावी कार्यक्रममा बालबालिका प्रयोग गरिएको भन्दै आयोगले कांग्रेस सिरहा जिल्ला सभापतिसँग स्पष्टीकरण मागेको छ।

त्यस्तै, धनुषाको मिथिला नगरपालिका, लालगढमा भदौ २७ गते कांग्रेस र माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्‍यालीमा दलको झन्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको प्रति पनि आयोगले संयुक्त चुनावी र्‍यालीका आयोजक कांग्रेस धनुषाका जिल्ला सभापति र नेकपा माओवादी केन्द्र धनुषा जिल्ला इन्चार्जसँग स्पष्टीकरण सोधेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.