विमलेन्द्र निधिलाई गृहनगर जोगाउनै धौधौ

विमलेन्द्र निधिलाई गृहनगर जोगाउनै धौधौ

धनुषा : नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ । सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा हावी भए पछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए ।

 

तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशवाट काग्रेसले सय सिट जित्ने दावी गरेका थिए । चुनावी प्रचारका लागी धनुषामा रहदा दुई दिन अगाडी मात्र निधिले धनुषा सहित मधेशमा काग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए । उनले मधेशवाट एमाले वढारिने दावी समेत गरे । तर नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा काग्रेस र एमाले विचमा मेयर पदका लागी कडा प्रतिस्पर्धा चलीरहेको छ ।

स्थानिय धेरै जानकारहरुले यसपाली उक्त नगरको मेयरमा काग्रेस भन्दा पनि वढी एमालेले हत्याउन सक्ने आकंलन गर्छन । नगराईन बजारका पुराना चिया पसलले सविर अन्सारी काग्रेसको कार्यकर्ता भएको अन्न्पुर्णलाई बताए । वुधवार विहान अन्न्पुर्णसंग भेटेका सबिर आफु काग्र्रसी भए पनि याहा अहिले सम्मको प्रतिस्पर्धामा एमाले अगाडी रहेका दावी गरे ।

धनुषा जिल्लाको दीक्षणी भेगमा रहेको यो नगरपालिका भारतीय नाका जटही संग जोडिएको छ । गएको दोस्रो संविधानसभाको निर्वाचन उक्त निर्वाचन क्षेत्रमा निधिलाई एमालेकी नेतृ जुली महासेठले कडा टक्कर दिएकी थिइन । १२ सय मतको अन्तरले मात्रै जितेका निधिले आफनो गृहनगरमा मेयर जिताउन सक्लान कि नसकिने हो भन्ने चर्चा नगराईन बजारको बहसको मुख्य मुद्धा अचेल बनेको छ ।

स्थानिय एउटा प्राथमिक विद्यालयका शिक्षक महेन्द्र कापर भन्छन, यसपालीको स्थानिय तहको निर्वाचनमा निधि विरुद्धको मोर्चाबन्दी वलियो देखिएको छ । पार्टीहरु भित्र उम्मेदवार मनोयनमा देखिएको असन्तुष्टि संगै निधिले त्यस क्षेत्रमा काम गर्दा आफना मान्छेलाई मात्रै प्राथमिकतामा दिने गरेको गुनासा व्याप्त छन । त्यसको संगै निधिको शत्ति पार्टीमा वढे संगै उनले संस्थापन भनेर कोइराला समुहमा लागेका पुराना काग्रसीहरुलाई समेत उपेक्षा गरेका कारण अहिले निर्वाचनमा काग्रेस भन्दा एमाले हावी हुन पुगको स्थानियहरु तर्क गर्छन । निधि विरुद्धको त्याहा बनेको एमाले मोर्चाबन्दीमा दुर्गानन्द्य झालाई सहिद घोषणा पनि एमालेको सरकारले गरेको मुद्धा व्यापक चर्चाको रुपमा चलीरहेको छ ।

ऋघिल्लो सरकारमा उनी गृहमन्त्री हुदा उक्त नगरपालिकाका आफना १८ जना नजिकका मानिसहरुलाई राजनितीक पिडित भनेर १ लाखको दरले सहयोग गरेको मुद्धाले समेत उनकै पार्टी भित्र ठुलो मतभेद सिर्जना गरिदिएको देखिन्छ । हालको नगराईन नगरपालिका निधिका बुबा महेन्द्र नारायण निधि देखि सहिद दुर्गानन्द झा सम्मका कारण काग्रेसीहरुका लागी प्रभाव क्षेत्रमा गनिन्थयो ।

धनुषा जिल्लाको फुलगम्मा, लगमा नगराईन, गोरघास, गंगुली, अकौर सहितका दक्षिणी गाउहरु मिलेर नगरपालिका बनेको छ । निधि विरुद्ध गठवन्धन उक्त नगरपालिकामा अहिले बन्नुको अर्को प्रमुख कारण जटहीमा दुर्गानन्द झाको नाउमा अस्पताल नबन्नु पनि हो । पुर्ववर्ती सरकारमा काग्रेसका नेता गगन थापा स्वास्थय मन्त्री हुदा उनी आफै आएर उक्त नगरको जटहही पुगेर उक्त अस्पतालको घोषणा गरेको थियो ।

तर निधिकै अवरोधका कारण उक्त अस्पताल बन्न नसकेको चर्चा नगराईनको जटहीमा व्याप्त देखिन्छ । जुन सहिद झाको पैतिृक गाउ हो । त्याहावाट प्रतिनिधत्व गर्ने स्मृति नारायण चौधरी जस्ता काग्रेसका पुराना र प्रभावशाली नेताहरु समेत निधिको विरुद्धमा आन्तरिक रुपमा उभिएको दावी स्थानिय बजारहरुमा जताजतै सुन्नमा पाइन्छ ।

काग्रेसले उक्त नगरमा परमेश्वर यादवलाई मेयरको लागी उम्मेदवार बनाएका छन भने एमाललेले रामबाबु पजियारलाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्र, राजपा, फोरम सहित स्वतन्त्र गरि त्याहा १७ जना मेयरका लागी उम्मेदवार रहेको स्थानिय निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । यहा १८ हजार ७ सय ६६ मतदाता छन ।

पहिला काग्रेसमै रहेका रोहित कुमार चौधरी हाल स्वतन्त्र रुपमा नगराईनको जटहीवाट वडाअध्यक्षमा उम्मेदवार बनेका छन । चौधरीले अन्नपुर्ण संग बुधवार कुरा गर्दै निधिको व्यक्तित्व र व्यहवारका कारण नगराईन जस्तो ठाउमा काग्रेस तल पर्न गइरहेको दावी गरे । यस क्षेत्रमा निधि होस वा उनका धनुषा काग्रेसका सभापति रामसरोज यादव सबै पार्टीलाई मजवुत बनाउनु भन्दा आफु वलियो बन्न खाजे, उनको आरोप छ । राम सरोज निधिका स्थानिय विश्वास पात्र नेता हुन, जो उनकै कारण धनुषा काग्रेसको सभापति बन्न पाएको छ ।

नगराईनको छेउमै रहेको यादवको गृहनगर मुखियापटीमा समेत एमालेले काग्रेसलाई तल पारेको स्थानियहरुको दावी छ । कुनै वेलाको त्याहाका प्रभावशाली मानिने भोला यादवका छोरा मनोज यादव अहिले एमालेवाट मुखियापटीको मेयरमा उम्मेदवार बनेको छ । भोलाको हत्या पछि त्यस क्षेत्रवाट नेताको रुपमा राम सरोजको उदय भएको थियो । यद्यपी गाउस्तरमा यनीहरुको पकडको परिक्षा आउदो २ गतेको स्थानिय निर्वाचन वाट हुदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.