निर्वाचन प्रचारमा भारतीय गाडी

निर्वाचन प्रचारमा भारतीय गाडी

जनकपुरधाम: असोज २ गते हुने स्थानीय तह निर्वाचन प्रचारका लागि उम्मेदवारले आचारसंहिता मिचेर विदेशी गाडीको अत्यधिक प्रयोग गरिराखेका छन्। निर्वाचन आयोगले उम्मेदवारको तहअनुसार गाडी प्रयोग गर्नेबारेको सीमा आचारसंहितामै उल्लेख गरेको भए पनि यहाँ ठूलादेखि साना दलका उम्मेदवारले झन्डा र पोस्टर टाँसेर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन्।

 

आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमति लिई एउटा जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारीसाधन मात्र प्रयोग गर्न पाउने उल्लेख भए पनि मेयर र उपमेयरका उम्मेदवारहरूले एकजनाले १० देखि १५ वटासम्म भारतीय र नेपाली नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिरहेका छन्।

स्वतन्त्र उम्मेदवारले पनि चुनाव चिह्न अंकित झन्डा हालेर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन्। नेपाली नम्बर प्लेटका गाडी पाउन मुस्किल भएपछि भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्न बाध्य भएको मेयर पदका एक उम्मेदवारले बताए।

भारतीय नम्बर प्लेटका गाडी भन्सार कटाएर भाडामा प्रयोग गर्दा सस्तो पर्ने हुनाले पनि बढी प्रयोगमा ल्याइएको उम्मेदवारको भनाइ छ।नेपालको चुनावमा भारतीय गाडीको प्रयोग बढेपछि सीमापारिका गाडी धनी मलामाल भएका छन्।

कार्यकर्ता नभए पनि चालकले झन्डासहितको गाडी नगर क्षेत्रमा घुमाइराखेका छन्। राजनीतिक दलहरूले आआफ्नो शक्ति प्रदर्शनका लागि यस्ता गतिविधि सञ्चालन गरेका छन्। भारतीय गाडीको अत्यधिक प्रयोगले नगर क्षेत्रमा ट्राफिक जामको समस्यासमेत हुने गरेको छ।

उम्मेदवारले मात्र नभई सुरक्षा निकायले समेत निर्वाचन गतिविधिका लागि भारतीय गाडी प्रयोग गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले सरकारी निकायलाई निर्वाचन प्रयोजनका लागि नेपाली नम्बर प्लेटका गाडीलाई उच्च प्राथमिकतामा राख्ने र नेपाली नम्बर प्लेट नपाएको खण्डमा भारतीय गाडी प्रयोग गर्न सक्ने अनुमति रहेको बताइन्।

तर उम्मेदवारहरूले भारतीय गाडीको प्रयोग निर्वाचन आचारसंहिताविपरीत गरेको अवस्थामा नियन्त्रण गर्न निर्देशन दिइसकेको र यस्ता गतिविधि नरोकिए आफूहरू कारबाही प्रक्रिया अघि बढाउन विवश हुने झाले बताएकी छन्।

गाडीमा डिजे, साउन्ड बक्स राखेर चर्को आवाजमा गीत बजाउँदै उम्मेदवारहरूले प्रचारप्रसार गरिराख्दासमेत निर्वाचन आयोगको तर्फबाट कुनै अनुगमन भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.