सांसदको उम्मेदवारीका लागि लबिङ

सांसदको उम्मेदवारीका लागि लबिङ

जाजरकोट : निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवार मनोनयन गर्ने मिति सार्वजनिक गरेसँगै जाजरकोटमा राजनीतिक सरगर्मी बढेको छ । सम्भावित उम्मेदवारले टिकटका लागि लबिङ सुरु गरेका छन् । दलहरूले मतदाता रिझाउन घरदैलो अभियानदेखि चुनावी सभा समेत गर्न थालेका छन् । चियापसल, चोक, सरकारी तथा गैरसरकारी कार्यालय र पार्टी कार्यालयमा चुनावकै चर्चापरिचर्चा हुन थालेको छ । कसले टिकट पाउनेको अड्कलबाजी गर्न थालिएको छ ।

६ नम्बर प्रदेशमा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दुई निर्वाचन क्षेत्र थिए । प्रदेशसभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम गरिएको छ । जाजरकोटमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेत जाजरकोटबाटै संघीय संसदका लागि उम्मेदवार हुने निश्चितप्रायः भैसकेको छ । माओवादी केन्द्रबाट क्षेत्र नं १ मा गणेशबहादुर सिंह, मायाप्रसाद शर्मा र रामदीप आचार्यको नाम चर्चामा छ । क्षेत्र नं २ बाट भने नरबहादुर कार्कीको नाम सर्वसम्मत प्रस्ताव गरिएको माओवादी केन्द्रका नेता यज्ञबहादुर खत्रीले बताए ।

 

कांग्रेसबाट पनि जाजरकोट क्षेत्र नं २ का सांसद राजीवविक्रम शाहले टिकट पाउने निश्चित जस्तै छ । आकांक्षी धेरै भएपछि पार्टीमा गुटगत लबिङ थालिएको छ । क्षेत्र नं १ मा कांग्रेसबाट वेदराज सिंह, सनतकुमार कार्की, मैना कार्की रावल र मुक्तिप्रसाद आचार्यले आकांक्षा देखाएका छन् । त्यस्तै क्षेत्र नं २ बाट दीपकजंग शाह र रत्नबहादुर खड्काले आकांक्षी देखिएका छन् ।

एमालेको उम्मेदवार भने उम्मेदवारको टुंगो अझै लागिसकेको छैन । पूर्व सांसद गोविन्दविक्रम शाह र पूर्व जिविस सभापति भैरवसुन्दर श्रेष्ठले संघीय सांसदमा दाबी गरेका छन् । शाह दुई वर्षअघि राप्रपा त्यागेर एमालेमा प्रवेश गरेका हुन् । माधव नेपाल गुटमा रहेका उनले आफ्नो व्यक्तिगत मत धेरै भएकाले आफूले टिकट पाए चुनाव जित्ने दाबी गरे । एमालेका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले आफू स्वाभाविक दाबेदार भएको र चुनाव जित्नेमा पनि ढुक्क रहेको बताए । उनी ओली निकट छन् । एमालेमा क्षेत्र नं १ मा निरज आचार्य, रीता रावल र डम्बरबहादुर सिंहको चर्चा छ भने क्षेत्र नं २ बाट करवीर शाही, कृष्णबहादुर बुढा, रत्नप्रसाद शर्मा र कौशिला खत्री टिकटका आकांक्षी छन् ।


दलहरूले मतदाता रिझाउन घरदलो अभियानदेखि चुनावी सभा समेत गर्न थालेका छन् ।

टिकटका लागि कतिपयले केन्द्रमा लबिङ थालेका छन् भने कतिपयले जिल्लामै लबिङ सुरु गरेका छन् । केही सम्भावित उम्मेदवार भने स्थानीय र कार्यकर्ता रिझाउन विभिन्न अभियान लिएर गाँउ पसेका छन् । कांग्रेसका नेता वेदराज सिंहले बारेकोट गाउँपालिकाबाट गाउँ जागरण तथा कार्यकर्ता प्रशिक्षण थालेका छन् । उनले जसले टिकट पाए पनि जित्न संगठन बलियो हुनुपर्ने भएकोले कांग्रेस बलियो बनाउने अभियानमा आफू लागेको बताए । एमाले नेता निरज आचार्यले पनि कार्यकर्ता भेटघाट र गाँउ जागरण अभियान लिएर पूर्वी जाजरकोटतर्फ प्रस्थान गरेको बताए । माओवादी केन्द्रका जिल्लास्तरीय नेताले पनि चुनाव लक्षित भेटघाट तीव्र बनाएका छन् ।

जिल्लामा तीन वटै पार्टीले आफ्नो पकड राम्रो भएको दाबी गरेका छन् । आफूले जित्नेमा उनीहरू ढुक्क भएको बताउँछन् । स्थानीय तहको निर्वाचनमा एमाले तीन, माओवादी दुई र कांग्रेस दुई स्थानमा विजयी भएका थिए । माओवादी केन्द्रका नेता बस्नेत र कांग्रेस नेता शाह दुवै आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् । संघीय संसदभन्दा प्रदेश संसदमा बढी आकांक्षी देखिएका छन् ।

२०४८ सालदेखि अहिलेसम्म जिल्लामा दोहोरिएर कुनै उम्मेदवारले जितेको रेकर्ड छैन । २०४८ सालमा एकमा कांग्रेस र अर्कोमा एमाले, २०५१ सालमा दुवै सिट कांग्रेस, २०५६ सालको चुनावमा एकमा राप्रपा र अर्कोमा एमाले, २०६४ सालमा दुवै सिट माओवादी केन्द्र, २०७० सालमा एकमा माओवादी केन्द्र र अर्कोमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । भेरी ज्ञानोदय क्याम्पसका क्याम्पस प्रमुख मोहनविक्रम शाहले एक पटक चुनाव जितिसकेपछि जनचाहना अनुसार काम नगर्दा दोस्रोपटक जित्ने सम्भावना कम देखिएकाले यसलाई नेताहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए । ‘जिल्लाका नेता दोहोरिएर टिकट नपाउने पाए पनि नजित्ने अवस्था देखियो', उनले भने, ‘जसले जिते पनि जिल्लाको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.