'तरार्इ-मधेशलाई हुलाकी राजमार्गले जोड्ने सपना चाँडै पुरा हुन्छ'

'तरार्इ-मधेशलाई हुलाकी राजमार्गले जोड्ने सपना चाँडै पुरा हुन्छ'

रौतहट: अर्थराज्यमन्त्री एवम् कांग्रेसका यूवा नेता उदय शमशेर राणाले तराई मधेशलाई हुलाकी राजमार्गले जोड्ने कांग्रेसको सपना चाँडै पुरा हुने बताएका छन्। तत्कालिन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै पहलमा सुरु भएको हुलाकी राजमार्गलाई कांग्रेसले नै पुरा गर्ने अर्थराज्यमन्त्री राणाले बताए।

 

नेपाल प्रेस युनियन रौतहट शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अर्थराज्यमन्त्री राणाले नेपाल सरकारका तर्फबाट आफैले हुलाकी राजमार्ग बनाउने निर्णय भए अनुसार यो बर्ष १० अर्व रुपैयाँ वजेट विनियोजन भएको बताए।

अर्थमन्त्रालयले तत्काल हुलाकी राजमार्गको काम अघी बढाउन भौतिक निर्माण मन्त्रालयलाई १ अर्व रुपैया निकासा भइसकेको पनि बताए। पूर्व पश्चिम राजमार्गको दक्षिणमा रहेका तराई मधेशका जनताको सहजता र सम्पर्कलाई थप सहज बनाउने विश्वास लिइएको हुलाकी राजमार्गलाई कांग्रेसको सपनासँग जोडिएको कारण पनि कांग्रेसले यसलाई पुरा गरि छाड्ने कांग्रेस नेता समेत रहेका राणाले बताए।

उनले भने, 'बजेट अभाव लगायतका अन्य प्राविधिक कारणबाट हुलाकी राजमार्ग अब रोकिन्न। ' चुनाव प्रचारका क्रममा तराई मधेशका विभिन्न स्थानिय तहमा पुगेका राणाले कााग्रेसप्रति जनताले देखाएको विश्वास भरोसाकै कारण तराई मधेशमा कांग्रेस स्पष्ट बहुमतका साथ पहिलो पार्टी हुने बताए। उनले समग्रमा पनि कांग्रेस पहिलो पार्टी प्रदेश नम्वर २को भुमिका रहने बताए।

तराई मधेशले सदाझै कांग्रेसलाई गुन लगाउने विश्वास जनाउँदै उनले कांग्रेसले पनि मधेशी जनताको लगाएको गुन तिर्ने जनाए। संविधान संसोधनको प्रसङमा बोल्दै राणाले एमालेको हठी प्रवृतीले मधेशी जनताको भावनाको सम्मान हुन नपाएको उल्लेख गर्दै दुई तीहाई पुग्ने अवस्था आउँदा कांग्रेसले संविधान संसोधन मार्फत मधेशी जनताको भावनालाई सम्मान गर्ने बताए। मधेशीको भावनालाई तिरस्कार गर्ने एमालेलाई यो चुनावबाट जवाफ दिनुपर्ने राणाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.