भारतमा जापानको १७ अर्ब अमेरिकी डलर सहयोगमा ‘बुलेट ट्रेन’

भारतमा जापानको १७ अर्ब अमेरिकी डलर सहयोगमा ‘बुलेट ट्रेन’


अहमदाबाद (भारत), पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा द्रुत गतिको रेल सेवा सञ्चालन हुने भएको छ।

जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ ।

‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बइसम्म चल्ने छ ।

 पाँच सय किलोमिटर लामो दुरीमा सञ्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो ।

यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो ।

जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा छन् । दुई नेता बीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो ।

भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । रासस/एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.