कतारमाथि नाकाबन्दीका सय दिन : अन्तराष्ट्रिय दबाब बढाउने रणनीति
काठमाडौ : साउदी अरव,यूएइ,इजिप्ट र बहराइनले आफू माथि नाकावन्दी लगाएको एक सय दिन पूरा हुँदा पनि कतारले अन्तराष्ट्रिय दबाब बढाउने रणनीति बनाउन लागेको छ । नाकावन्दी लगाउने मुलुकहरुले मानवअधिकारको उल्लंघन भएको भन्दै मानवअधिकारको रक्षाका लागि संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय मञ्चहरुमा कतारले आफनो आवाजलाई बुलन्द बनाउने रणनीति बनाएको हो ।
कतारले हालसम्म संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा नाकावन्दी लगाउने मुलुकबाट २६ हजार मानवअधिकार उल्लंघन भएको उजुरी दर्ता गराएको छ । नाकावन्दी लगाउने मुलुकबाट एक हजार नौ सय २७ कतारी नागरिक स्वदेश फर्किएका छन् । ती मध्ये दुई सय १३ जना बिद्यार्थी थिए । उनीहरुले आफनो प्रमाणपत्र पनि लिन पाएनन ।
साउदी अरवसहित खाडी मुलुकका चार मुलुकले कतार माथि लगाएको नाकावन्दी सय दिन पूरा भएको छ । गत जुन ५ देखि कतार माथि नाकावन्दी लाग्दै आएको छ । त्यसको प्रत्यक्ष असर बिद्यार्थी र व्यापारीलाई परेको छ । नाकावन्दी खुलाउन कुवेत,अमेरिका र फ्रान्स लगायतका मुलुकले गरेको प्रयास सफल भएका छैनन र कतार माथिको नाकावन्दी जारी छ ।
कतार माथिको नाकावन्दी खुला गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तहबाट साउदीसहित चार मुलुकलाई दबाब दिएपनि त्यसको प्रभाव देखिएको छैन । अलजजिरा टेलिभिजनले बिहिबार समीक्षात्मक बिशेष कार्यक्रम प्रसारण गरेको छ ।
साउदी नेतृत्वको समूहले अलजजिरा नेटवर्क बन्द गर्नु पर्नेसहित १३ बुँदे शर्त राखेका छन् । नाकावन्दी खुलाउन अमेरिकी मध्यस्थतामा कतारका राजा र साउदीका राजकुमारका वीच वार्ता भएपनि त्यसको प्रभाव देखिएन ।
कुवेतका राजा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरे भने अमेरिकी विदेशमन्त्री टिलरसनले कतार र साउदीसहितका खाडी मुलुकको भ्रमण पनि गरेका थिए । आतंकवादलाई बित्तिय सहयोग गरेको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ । आतंकवाद बिरुद्ध लडन सहकार्य गर्नेमा कतार र अमेरिका वीच सम्झौता पनि भएको छ ।
कतार माथि नाकावन्दी लगाउनेमा साउदी अरव,यूएइ,इजिप्ट र बहराइन छन् । अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा