ससुराली हिडेका थबाङ गाउँपालिका प्रमुखको अपहरण

ससुराली हिडेका थबाङ गाउँपालिका प्रमुखको अपहरण

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेका छन् । रातको साढे ११ बजे थबाङ गाउँपालिका वडा नम्बर २ कोईजबाङ ससुराली जाँदै गर्दा उनी अपहरणमा परेका हुन् ।

 

प्रमुख घर्ती श्रीमतीसँगै ससुराली जाँदै गर्दा अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । १०/१२ जनाको समूहले उनलाई अपहरण गरेको बताइएकोे छ । नेकपाका कार्यकर्ताले अपहरण गरेको प्रहरीले आशंका गरेको छ । नेकपाले भने आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।
तीनदिन अघि नेकपाले थबाङमा संगठन सुदृढिकरण र प्रतिरोध कार्यक्रम गरेको थियो । घर्ती अपहरणमा परेको सूचना पाएपछि खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । उनका अनुसार थबाङ इलाका प्रहरी कार्यालय र छिमेकी प्रहरी चौकीबाट राति नै प्रहरी खोजीमा निस्किएका छन्।

शहिदमार्ग टिलाबाट सशस्त्र प्रहरीको टोली पनि थबाङ हिँडेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी नायव उपरीक्षक विरेन्द्र थापा थबाङ हिडेका छन् । घर्तीको अवस्था भने अझै अज्ञात रहेको छ ।

भदौ ३१ गते सम्पन्न हुने थबाङको गाउँसभा प्रभावित गर्न उनलाई अपहरण गरिएको हुन सक्ने स्रोतले दावी गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाउँसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । स्रोतका अनुसार प्रमुुख घर्तीले गाउँसभाका लागि योजना छनौटमा कसैसँग समन्वय नगरेको भन्दै असन्तुष्टि समेत देखिएको थियो ।

उनको अपहरण पश्चात गाउँसभा हुनेबारे अन्यौलता छाएको छ । नेकपाले साविकको गाविस थबाङलाई आफ्नो आदर्शभूमि मान्दै आएको छ । स्थानीय तहको चुनावमा नेकपाका कार्यकर्ता स्वतन्त्रबाट उम्मेदवार बनेका थिए । चुनाव उपयोग गरेका थबाङका नेता, कार्यकर्तालाई पार्टीले कारवाही समेत गरिसकेको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.