उपमहानगरलाई समृद्ध बनाउने छु : डा. कृष्ण पौडेल

उपमहानगरलाई समृद्ध बनाउने  छु : डा. कृष्ण पौडेल

प्रदेश नम्बर दुईको तीन उपमहानगरमध्ये बढी सम्भावना बोकेको उपमहानगरको रुपमा हेरिएको जीतपुरसिमरा उपमहानगरपालिकामा चुनावी रस्साकस्सी निकै बढेको छ । दलहरु आफ्ना उम्मेदवारलाई जिताउन निकै कस्सिएर लागेका छन् । जीतपुरसिमरा उपमहानगरको नेतृत्व गर्न १६ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका मध्ये केही उम्मेदवारबाहेक अन्यको चर्चा खासै छैन् ।

चर्चा पाएका मध्ये एक हुन् नेकपा एमालेका उम्मेदवार डा. कृष्ण पौडेल । सामाजिक र सहकारी अभियन्ता डा. पौडेलको चर्चा नगरभित्र निकै चुलिएको छ । बौद्धिक व्यक्तित्वका रुपमा नगरभित्र राम्रो परिचय बनाएका कारण पनि पौडेलको विजयी हुने सम्भावना धेरै रहेको नगरबासी बताउछन् । डा. पौडेल उपमहानगर हाक्न उत्साहित देखिन्छन् । अन्नपूर्ण पोष्टको राउण्ड टेबलमा सहभागी हुन आएका डा. पौडेलसंग कुराकानी गर्ने क्रममा उनले उपमहानगरलाई समृद्ध बनाउने आफ्नो अभियानलाई जनताले मन पराएको र साथ दिनेमा आफू ढुक्क रहेको बताए ।

तपाईको छोटो परिचय ?
मेरो जन्म २०२९ सालमा भएको हो । जीतपुरसिमरा उपमहानगर- १५ मा स्थायी बसोबास छ । तीन दशक देखि राजनिति र सामाजिक गतिविधिमा सक्रिय छु । प्ररायुसंघ, अनेस्ववियु हुँदै एमालेको राजनितिमा प्रवेश गरेँ । १५ वर्ष प्रचार बिभागको जिम्मेवारी सम्हाले । सहकारीमा विद्यावारिधी (पिएचडी), व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेको छु । अडिटर्स एशोसिएसनको प्रथम केन्द्रीय उपाध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको केन्द्रीय सञ्चालक, डुमरवाना बहुमुखी क्याम्पसको अध्यक्ष, हातेमालो सहकारीको अध्यक्ष छु । एउटा सामाजिक र सहकारी अभियन्ताको रुपमा नगरबासीबिच परिचित छु ।

तपाईको चर्चा उपमहानगरभित्र निकै रहेछ, किन ?
एउटा सामाजिक र सहकारी अभियन्ता, यही उपमहानगरका सबै नागरिकको सुखदुःखको साथी, समाजलाई समृद्ध बनाउने अभियानमा हिडेको एउटा अभियन्ताका रुपमा चिन्नुहुन्छ भन्ने मलाई लाग्छ । उपमहानगरबासीबाट धेरै राम्रो प्रतिक्रिया पाएको छु, मलाई धेरै उर्जा मिलेको छ । जनताको मनमा बस्न सकेको छु जस्तो लाग्छ । सामाजिक गतिविधिमा सक्रिय भएर लागेकै कारण सबैले चिन्नुहुन्छ र सबैको विश्वास पनि जित्न सकेको छु ।

उपमहानगर प्रमुखको नेतृत्व लिन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, तपाईको जित्ने आधार के हुन् ?
सबैभन्दा पहिलो ठूलो आधार भनेको जनताले मलाई विश्वास गर्नुहुन्छ, साथ दिनुभएको छ । त्यसबाहेक अन्य थुप्रै आधार छन् । जसले मलाई उपमहानगरको नेतृत्व गर्नका निम्ति उत्साह थपिरहेको छ । यस उपमहानगरलाई समृद्ध बनाउने हो र महानगरको आधार खडा गर्ने हो । यस उपमहानगरको समस्या र सम्भावनाका बारेमा निकै जानकार छु, त्यसैअनुसारको योजना बनाएको छु । त्यसलाई पूरा गर्न सके भने यो उपमहानगर नेपालकै उत्कृष्ट उपमहानगर बन्नेछ, जुन मेरो लक्ष्य हो ।

यस उपमहानगरको खास समस्या के हो र सम्भावना के हुन् ?
जनसंख्याको आधारमा मात्रै उपमहानगरपालिका बनेको र पूवार्धारले सम्पन्न नभएका कारण यस उपमहानगरमा समस्या धेरै छ । उपमहानगरबासीको मुख्य समस्या अव्यवस्थित बसोबास हो । त्यसबाहेक आधारभूत पूर्वाधारको अभाव छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्यतु, कृषि, उद्योग, रोजगार, पर्यटन, सहकारीलगायतका क्षेत्रमा योजनाका साथ धेरै काम गर्नुपर्छ । दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल, बिशेष आर्थिक क्षेत्र(सेज), पथलैया‍-वीरगन्ज औद्योगिक करिडोर, पर्सा राष्ट्रिय निकुञ्ज, सिमरा विमानस्थल यसै उपमहानगरभित्र पर्दछन् । त्यसैले उपमहानगरको सम्भावना धेरै छ ।

तपाईका योजना के हो ?
समृद्ध महानगरको आधार निर्माण गर्ने उद्देश्यसहित तीन महिनाभित्र रणनीतिक लक्ष्य, मार्गचित्र, पञ्चवर्षीय आवधिक योजना, अल्पकालीन कार्ययोजना र आवधिक मूल्यांकनको आधारमा काम गर्ने । जेष्ठ नागरिक, युवा, महिला लक्षित कार्यक्रम, मधेसी, थारु बुहारी कार्यक्रम, दलित, आदिवासीजनजाति र सीमान्तीकृत समूदायका लागि प्रभावकारी योजना ल्याउने । कृषिको बढी सम्भावना रहेको उपमहानगरमा बजार व्यवस्थापन, बित्तीय सशक्तीकरणसहित घरेलु उद्यम व्यवसायको प्रवद्र्धन र स्वरोजगारी सिर्जना गर्ने । सहकारीमार्फत समुदायको बित्तीय तथा गैरवित्तीय समाधान दिने र जीवनस्तरमा परिवर्तन ल्याउने र अव्यवस्थित बसोबासलाई ब्यवस्थित गर्ने, खेतीयोग्य जमिनको संरक्षण गर्नका निम्ति प्लटिङको न्युनीकरण गर्ने, व्यवस्थित चक्रपथ, सडक, सामुदायिक भवन, क्लव, खेलमैदान, वाचनालय, व्यायामघर निर्माण गर्ने सोच छ । औद्योगिक क्षेत्रतर्फ वीरगञ्ज-पथलैया औद्योगिक करिडरको प्रवद्र्धनमार्फत उद्योगको पर्याप्त विकास र सम्वद्र्धन गर्न सक्रिय हुने योजना छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.