सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील

 सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील

लहान: सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ वटा अतिसंवेदनशील र ८४ वटा संवेदनशील रहेका छन् भने २६ वटा मतदानस्थल मात्र सामान्य अवस्थामा रहेका छन्।

 

तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाका हरेक मतदानस्थलमा उच्च सुरक्षाको व्यवस्था गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।

भारतीय सीमासँग जोडिएका स्थानमा रहेका मतदानस्थलमा हुनसक्ने आपराधिक तथा उशृंखल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.