स्थानीय चुनाव महत्वपूर्ण उपलब्धिः अमेरिकी राष्ट्रपति
काठमाडौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बर्षपछि नेपालमा स्थानीय चुनाव सम्पन्न हुनुलाई लोकतान्त्रिक सरकारको सबैभन्दा महत्वपूर्ण उपलब्धी रहेको बताएका छन्।
संबिधान दिवसका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै ट्रम्पले त्यस्तो बताएका हुन्। सन्देशमा अमेरिकी राष्ट्रपतिले भनेका छन् ‘यो दिन तपाईँको देशका लागि एक महान दिन हो। संयुक्त राज्य अमेरिकाका नागरिकहरु तपाईँहरुको लोकतान्त्रिक यस उत्सवलाई स्वागत गर्न चाहन्छन्।'
नेपालले संबिधान दिवस मनाउन थालेयता महत्वपूर्ण प्रगति हासिल भएको ट्रम्पले उल्लेख गरेका छन्।
‘भूकम्प पछिको पुर्ननिर्माणले तिव्रता पाएको छ भने लाखौँ नेपाली नागरिकको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको छ। तपाईँहरुको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको छ' ट्रम्पलाई उदघृत गर्दै अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमा भनिएको छ।
नेपालमा २० बर्षपछि स्थानीय चुनाव हुनुलाई ट्रम्पले लोकतान्त्रिक सरकारको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेका छन्। ‘हाम्रा साझा सिद्दान्तहरुप्रतिको तपाईँको प्रतिबद्दताका लागि धन्यवाद दिंदै शान्ति र समृद्दिको दिशामा नेपालको जारी प्रगतिप्रतिको हाम्रो सहयोग कायमै रहने प्रतिबद्दता ब्यक्त गर्छु' ट्रम्पले भनेका छन्।