मध्यरातमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, सात घाइते

मध्यरातमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, सात घाइते

जनकपुरधाम: असोज २ गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधि जारी रहेका बेला धनुषामा दुई दलका कार्यकर्ताबीच झडप भएको छ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा परी सात जना घाईते भएका छन। घाइते हुनेमा एमाले कार्यकर्ता रहेको बताइएको छ।

 

नगराईन नगरपालिका वडा नम्बर ८ अकौरा गाँउमा मौन अवधिको बेला शनिबार अबेर राति दुई दलका कार्यकर्ताबीच झडप भएको हो। पाँच जना सामान्य उपचार पछि घर फर्किसकेका छन भने गम्भीर घाईते भएका ईन्द्रकुमार पासवान र अरबिन्द कुमार पासवानको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ। टाउको, कन्चट र अनुहारमा धारिलो हतियारले प्रहार भएकाले ईन्द्रकुमार पासवानको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अरविन्दको टाउकोमा गम्भीर चोट लागेको छ।

प्रत्यक्षदर्शीका अनुसार एमाले समर्थक केही युवाहरुले कांग्रेस समर्थकहरुको अगाडी थुकेको विषयमा विवाद भएपछि झगडा भएको थियो। एमाले कार्यकर्ताहरुले नगराईन नगरपालिकाका कांग्रेसका मेयर पदका उम्मेदबार परमेश्वर यादवको घरमा ढुंगामुढा गरेको कांग्रेस धनुषाका सहसचिव राजकुमार मण्डलले बताए।

घाईते अरविन्द पासवानका अनुसार मतदाता आकर्षित गर्न कांग्रेसले आर्थिक चलखेल गर्न सक्ने भएकाले आफूहरु रातभर गाउँमा जागराम बसेर घुमिरहेका बेला कांग्रेस कार्यकर्ताहरुले विवाद गरेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.