कांग्रेसले सोच र संगठनमा परिवर्तन गर्नुपर्छ: नेता सिंह

कांग्रेसले सोच र संगठनमा परिवर्तन गर्नुपर्छ: नेता सिंह

नगरकोटः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ। सर्वमान्य नेता गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले भक्तपुरको दुवाकोटमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले समयको मागअनुसार कांग्रेसमा परिवर्तन नआए जनाधार गुम्ने बताए। उनले पार्टीले गणेशमान सिंहको विचार र सिद्धान्तलाई बिर्सिदै गएको बताए।

 

पार्टीमा लामो समय काम गरिसकेको भावना कदर गर्न नसकेको नतिजा गत निर्वाचनको परिणामले देखाएकाले अबको निर्वाचनमा कार्यकर्ता निर्णयमा उम्मेदवार छनोट गर्नसके कांग्रेस पहिलो पार्टी बन्ने नेता सिंहले बताए।

पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले कांग्रेसको नेतृत्वमा संविधान जारी जारी भएको भन्दै प्रदेश तथा केन्द्रको निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएपश्चात् संविधानको कार्यान्वयन पनि हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.