बारामा निर्वाचनको तयारी अन्तिम चरणमा

बारामा निर्वाचनको तयारी अन्तिम चरणमा

सिमरा: दुई उपमहानगरसहित १६ स्थानीय तह रहेको बारामा सोमबार हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। मतदाताहरु पनि मतदान गर्न उत्साहित देखिन्छन्। जिल्लाभरी रहेका तीन सय तीन मतदान स्थलमा आइतबार बिहानैदेखि चहलपहल बढ्नुका साथै बुथ बनाउने र सुरक्षाकर्मी परिचालन गर्ने काम सुरु भएको छ।

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा रहेको निर्वाचन कार्यालयलाई पठाएको मतपेटिका र मतपत्र मतदान स्थलसम्म पुर्‍याउने काम सम्पन्न भएको छ।

प्रहरीको निगरानीमा रहेको मतदान स्थलमा आईपुगेको मतपेटिका र मतपत्रलाई कडा सुरक्षा घेराबिच राखिएको प्रहरी नायब उपरीक्षक विश्वविजय महतले जानकारी दिए। बिहान सात बजेदेखि सुरु हुने मतदानलाई सफल बनाउन प्रहरीले आवश्यक सुरक्षा नीति बनाएको भन्दै महतले एउटा मतदान स्थलभित्र आठ देखि ११ जनासम्म प्रहरी खटाउने तयारी गरेको जनाए।

संवेदनशील र अति संवेदनशील गरी मतदान स्थललाई छुट्याइएको र त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गर्ने रणनीति प्रहरीले बनाएको छ। निर्वाचनका लागि बारामा सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। निर्वाचनका लागि बन्द गरिएको नेपाल”भारत सीमा क्षेत्रमा सुरक्षा स्थिति कडा पारिएको छ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलयबाट सवारी अनुमति लिएका सवारीसाधन मात्रै चल्न पाउने भएका छन्। मतदानको अघिल्लो दिन निर्वाचन अधिकृतसहित कर्मचारीले बिहानैदेखि बास गाडेर बुथ बनाउने काम थालेका छन्। बुथ बनाउने काममा स्थानीयले सहयोग पुर्‍याएका छन्। मतदातालाई लाईनमा बसेर सहजै मत दिएर फर्कन सक्ने वातावरण बनाउने काम भईरहेको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको बारामा तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन्। निर्वाचनमा खटिएका कर्मचारीले तीन दिनदेखि मतदान स्थलबाटै मतदाता परिचय वितरण गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.