निर्वाचनका लागि ६ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनका लागि ६ हजार सुरक्षाकर्मी परिचालन

रौतहट: रौतहटमा सोमबार हुने मतदानको लागि सवै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बाढीका कारण डुवानमा परेका मतदान स्थलहरु मर्मत गरी मतदाताहरुलाई सहज बनाउन सुरक्षाकर्मीहरु खटिएका छन्।

 

एक महिना अघि आएको बाढीले सडकहरु भत्काएको र मतदान केन्द्र रहेका बिद्यालयहरु डुवानमा परेका थिए। धेरै केन्द्रहरु रहेको बिद्यालयको चौरहरुमा अझै पानी जमेको छ।

पार्टीका कार्यकर्ताहरुको झडप, अपराधिक समुहको गतिविधि, अवैध हातहतियारलाई सुरक्षानिकायले चूनौतिका रुपमा लिएको छ। रौतहटमा ९० वटा मतदान स्थल अति संवेदनशील रहेका छन् भने दुई सय ७७ मतदानस्थलमध्ये ७५ स्थल संवेदनशील र एक सय १२ स्थल सामान्य रहेका छन्।

१६ वटा नगरपालिका, २ वटा गाउँपालिका भएको रौतहटमा चारसय ३४ मतदान केन्द्रहरु रहेका छन्। भारत संग जोडिएको मतदानस्थलहरु खुल्ला सिमानाका कारण सम्वेदनशिल रहेको भन्दै त्यस्ता केन्द्रहरुमा धेरै सख्यामा सुरक्षाकर्मीहरु खटाइएको छ।

निर्वाचनका लागी जिल्लामा करीव ६ हजार सुरक्षाकर्मी परीचालन भएका छन । शुक्रवार देखि मतदान स्थलहरुबाट मतदाता परीचय पत्र वितरण भैरहेको छ ।
निर्वाचनको तयारी अन्तीम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले जानकारी दिएका छन।

सवै मतदान स्थलहरुमा सुरक्षाकर्मीहरु र कर्मचारीहरु पगेर मतदानका लागी आवश्यक पुर्वाधारहरु निमार्ण गरीरहेको रौतहटका मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले जनाकारी दिएका छन्।

जिल्लामा १८ वटा स्थानियतहको निर्वाचनका लागी २ हजार ५ सय ८५ जना कर्मचारीहरु खटाइएको छ । रौतहटमा जिल्लामा ३ लाख २१ हजार १८ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.