प्रदेश-२ मा ढुक्क भएर मतदान गर्न आयोगको आह्वान

प्रदेश-२ मा ढुक्क भएर मतदान गर्न आयोगको आह्वान

काठमाडौं : निर्वाचन आयोगले प्रदेश न. २ को सोमबार हुने मतदानमा निर्धक्क भएर मताधिकार प्रयोग गर्न अपील गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले आइतबार निर्वाचन तयारीबारे जानकारी दिँदै सुरक्षाको भरपर्दाे व्यवस्था मिलाइएकोले मतदानमा सहभागी हुन आह्वान गरेका हुन् ।

उनले भने, ‘शान्ति सुरक्षाको अवस्था भरपर्दो बनाइएको छ । जनताको मताधिकार कुण्ठित गर्ने प्रयास सुरक्षाकर्मीले विफल पार्नेछन् । सीमा क्षेत्रबाट हुन सक्ने घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई निर्देशन दिइसकेको को छ । कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी जनप्रतिनिधि छान्ने काममा सहभागी हुन अनुरोध गर्दछौं ।’

पहिलो र दोस्रो चरणका निर्वाचनमा मतदातामा ठूलो उत्साह देखिएको र तेस्रो चरणको यो निर्वाचनमा पनि त्यो उत्साहमा कमी नहुने आयोगको विश्वास रहेको उनले बताए ।उनले भने, ‘बाढी, डुबानबाट उत्पन्न पीडालाई बिर्सेर असोज २ गते जनप्रतिनिधि छनोट गर्ने पर्वको रुपमा मनाउन प्रदेश न.२ का नागरिकलाई आयोग अपील गर्दछ ।’

सोमबार अर्थात् असोज २ गते प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनको मतदानको तयारी पूर्ण भएको आयोगले जनाएको छ । प्रदेश २ मा १ महानगर ३ उपमहानगरपालिका ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा सोमबार मतदान हुँदै छ । निर्वाचनमा ३१ हजार पाँच सय कर्मचारी परिचालन भएका छन् । स्वयम् सेवकको मात्र संख्या ३५ सय ८० रहेको छ ।

सुरक्षाकर्मी ६५ हजार परिचालन भएका छन् । निर्वाचनमा ४५ दल सहभागी छन् । चुनावी मैदानमा ३७ हजार २३६ उम्मेदवार प्रतिस्पधामा छन्। प्रदेश दुईमा कुल मतदाताको संख्या २६ लाख ६४ हजार ९ सय ५० रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.