पाँच दर्जन वृद्ध चुनावी मैदानमा

पाँच दर्जन वृद्ध चुनावी मैदानमा

काठमाडौं : प्रदेश नम्बर २ को सोमबार हुने स्थानीय तह निर्वाचनमा करिब ५ दर्जन वृद्ध गाउँ/नगरको प्रमुख-उपप्रमुखमा प्रतिस्पर्धा गर्दै छन् । ७० वर्ष पार गरेका ५० जना २ नम्बर प्रदेशको स्थानीय तहमा चुनावी प्रतिस्पर्धामा छन् । वृद्धमध्ये अधिकांशले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने मधेसकेन्द्रित क्षेत्रीय दल राजपा, संघीय समाजवादी र नेपाल लोकतान्त्रिक दलले पनि प्रमुख/उपप्रमुखमै ७० वर्ष नाघेकालाई उम्मेदवार बनाएको छ ।

सबैभन्दा बढी उमेरका ८२ वर्षका लक्ष्मण चौधरीलाई संघीय समाजवादी फोरमले उम्मेदवार बनाएको छ । चौधरी सिरहाको सुखीपुर नगरपालिकाको प्रमुख पदमा चुनावी प्रतिस्पर्धा गर्दै छन् । क्षेत्रीय दलपछि सबैभन्दा धेरै कांग्रेसले वृद्ध उम्मेदवारलाई स्थान दिएको छ । त्यसपछि राप्रपा, राप्रपा प्रजातान्त्रिक, माओवादी र एमालेले पनि केही ७० वर्ष माथिकालाई गाउँ/नगर नै हाँक्ने प्रमुख/उपप्रमुखमै चुनावमा उतारेका छन् ।

कहाँ-कहाँ वृद्ध उम्मेदवार ?

७० वर्ष नाघेका उम्मेदवार मधेसका ८ वटै जिल्लामा छन् । पर्सामा ५ जना वृद्ध प्रमुख र २ जना उपप्रमुखमा प्रतिस्पर्धा गर्दै छन् । पर्सा धोबिनी गाउँपालिका अध्यक्षमा ७१ वर्षीय इस्लाम मियाँ तेली एमालेबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । पर्साको विन्ध्यवासिनी गाउँपालिका अध्यक्षमा ७३ वर्षका स्वतन्त्र उम्मेदवार रामकृत दास तत्वा, पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा नेपाली जनता दलबाट ७४ वर्षका नथुनी प्रसाद, पर्साकै कालिकामाई गाउँपालिका अध्यक्षमा ७४ वर्षका स्वतन्त्र उम्मेदवार इन्दुभूषणप्रसाद कुसवाह चुनाव लड्दै छन् ।

 

२ नम्बर प्रदेशको एउटै मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा पनि ८१ वर्षका विल्टु राव वैरे स्वतन्त्रबाट प्रमुखमा प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसले वीरगन्ज महानगरको उपप्रमुखमा ७४ वर्षकी शान्ति कार्कीलाई उठाएको छ । पकवा मैनापुर गाउँपालिका उपाध्यक्षमा संघीय समाजवादी फोरमले ७२ वर्षकी कुसुमा देवीलाई उठाएको छ ।

सप्तरीमा भने ९ जना वृद्धले प्रमुख र २ जनाले उपप्रमुखमा प्रतिस्पर्धा गर्दैछन् । सप्तरीको कञ्चनरुप नगरपालिका प्रमुखमा राप्रपाले ७६ वर्षका नारायणबहादुर मि श्रलाई प्रमुखमा उठाएको छ । सप्तरीकै डाक्नेश्वरी नगरपालिकामा ७० वर्षका चन्द्रकान्त चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सप्तरीकै वेल्ही चपेना गाउँपालिका अध्यक्षमा नेमकिपाले ७० वर्षका भिलाइ मण्डल धानुकलाई उम्मेदवार बनाएको छ ।

सप्तरीको लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरम नेपालले ७१ वर्षका वन्देसवार यादव र रुपनी गाउँपालिका अध्यक्षमा ७८ वर्षका विरजाखंग खत्वेलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले पनि सप्तरीको वलान-विहुल गाउँपालिका अध्यक्षमा ७३ वर्षका छत्रनारायाण यादवलाई चुनावी प्रतिस्पर्धामा भिडाएको छ । सप्तरी विष्णुपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले ७४ वर्षका मधुकर यादवलाई अध्यक्षमा उठाएको छ । सोही गाउँपालिकामा राजपाले ७४ वर्षका मोनिलाल खंग खत्वेलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

विष्णुपुर गाउँपालिकामा बहुजन शक्ति पार्टीले ७० वर्षका महेन्द्र सुतियारलाई उम्मेदवार बनाएको छ । सप्तरीको तिरहुत गाउँपालिका उपाध्यक्षमा राप्रपाले ७० वर्षका रेवनदेवी खत्वनी र वेल्ही चेपनामा नेमकिपाले ७२ वर्षका भोल्मी चमैलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
धनुषामा भने ७० वर्ष नाघेका ५ जना प्रमुख पदमै चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् । धनुषाको क्षिरेश्वरनाथ नगरमा स्वतन्त्रबाट ८० वर्षका सीताराम यादव, मिथिला नगरपालिका प्रमुखमा ७० वर्षका भीमप्रसाद शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मिथिला विहारी नगर प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले ७५ वर्षका श्रीदेव झालाई प्रमुखमा उठाएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमले ७१ वर्षका विश्देश्वर यादवलाई उठाएको छ । विदेह नगरपालिका प्रमुखमा संघीय समाजवादी फोरम नेपालले ७२ वर्षका दिनकर यादवलाई उठाएको छ । रौतहटमा भने २ जना वृद्धले प्रमुख र २ जनाले उपप्रमुखमा उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । रौतहटको वृन्दावन नगर प्रमुखमा राजपाले ७३ वर्षका वैजनाथप्रसाद भेडियारलाई उम्मेदवार बनाएको छ । परोहा नगर प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका ७३ वर्षका रामचन्द्र रावत कुर्मी प्रमुखमा भिड्दै छन् ।

फतुवा-विजयपुर नगर उपप्रमुखमा नयाँ शक्तिका ७३ वर्षका रामआशिष उपाध्यायले चुनावी प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसले रौतहटको इशानाथ उपप्रमुखमा ७५ वर्षका शेषकलाम हसेनलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । सिरहाको अर्नामा गाउँपालिकामा राजपाले ७० वर्षका झरीलाल महतो, धनगढीमाई नगरमा स्वतन्त्रबाट ७० वर्षका सरुप चौधरी थारू, लहान नगरमा राप्रपाका ७६ वर्षका लगनलाल चौधरी, विष्णुपुर गाउँपालिका अध्यक्षमा संघीय समाजवादीका ७३ वर्षका जागेश्वर यादवले चुनाव लड्दै छन् । कांग्रेसले सिरहाको साखुवावान्कारकट्टी गाउँपालिका अध्यक्षमा ७८ वर्षका बालकृष्ण यादव, सुखीपुर नगरमा संघीय समाजवादी फोरमका ८२ वर्षीय लक्ष्मण चौधरीलाई प्रतिस्पर्धामा उतारेको छ ।

कर्जन्हा नगरमा राप्रपाका ७३ वर्षका लेखराज दाहाल, कन्र्जहामै एमालेले ७० वर्षका रामदयाल महतोलाई प्रमुखमा उठाएको छ । सिरहाको मिर्चैयामा नेकपा संयुक्तले ७५ वर्षका लोचनीदेवी हलवाईलाई उपप्रमुखमा उठाएको छ । महोत्तरीको लोहरपट्टी नगरमा राजपाले ७० वर्षका हबिब राय, रामगोपालपुर नगरमा स्वतन्त्रका ७२ वर्षका रामस्वागरत यादव, महोत्तरी गाउँपालिका उपाध्यक्षमा राप्रपाका ७० वर्षकी रामरती देवी, साम्सी गाउँपालिकामा ७० वर्षका काली यादवले चुनाव भिड्दै छन् ।

सर्लाही चन्द्रनगर गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट ७९ वर्षका पुनित साह रौनियार, हरिवन नगर प्रमुखमा राप्रपाका ७४ वर्षका चूडाबहादुर थापा, सोही नगरमा राप्रपा (प्रजातान्त्रिक)बाट ७० वर्षका ललितबहादुर दोङ, कविलास नगर प्रमुखमा कांग्रेसका ७१ वर्षका राजकुमार साह, धनकौल गाउँपालिकामा कांग्रेसले ७३ वर्षका रामआ श्रम साह, ब्रह्मापुरीमा राप्रपा प्रजातान्त्रिकले ७३ वर्षका पदरथ तेलीलाई प्रमुखमा उठाएको छ ।

सर्लाहीकै कौडेना गाउँमा राप्रपा प्रजातान्त्रिकले ७३ वर्षका शेष मणिलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ । बाराको कोल्हवी नगर उपप्रमुखमा राप्रपाले ७० वर्षका जितबहादुर बस्नेत र बारागडी गाउँको स्वतन्त्र उम्मेदवार ७४ वर्षका टेकनारायण प्रसाद चौधरी चुनाव भिड्दै छन् ।

२५ वर्षमुनिका पनि छन्

राजनीतिक दलले २५ वर्षमुनिका युवालाई पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाएका छन् । यसमध्ये कतिपयले स्वतन्त्र उम्मेदवार दिएका छन् भने केहीले प्रमुख राजनीतिक दलबाटै टिकट पाउन सफल भएका छन् । धनुषाको सहिदनगर प्रमुखमा २३ वर्षका शितेषकुमार मण्डलले स्वतन्त्र चुनाव लड्दै छन् । धनुषाको सहिदनगर प्रमुखमा माओवादीले २४ वर्षका उदयकुमार यादवलाई उम्मेदवार बनाएको छ । धनुषा विदेह नगरपालिकामै उपप्रमुख कांग्रेसले २१ वर्षकी रुवीकुमारी मण्डललाई उम्मेदवार बनाएको छ ।

सप्तरीको सप्तकोसी नगरपालिकामा राजपाले २१ वर्षका रम्भादेवी मण्डललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । सप्तरीकै सप्तकोसी नगरमा संघीय समाजवादीले २३ वर्षकी सेनमकुमारी यादवलाई उम्मेदवार बनाएको छ । पर्सा अग्निसाइरा कृष्णासहवरण गाउँपालिका उपाध्यक्षमा माओवादीले २२ वर्षकी रमितादेवी सदालाई उम्मेदवार बनाएको छ । पर्साको पोखरियामा २१ वर्षका मोहम्मद मुर्जुवा आलमले २१ वर्षको उमेरमै मेयर पदमा उम्मेदवारी दिएका छन् । २२ वर्षका जयकुमार रजकले पनि उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन लड्दै छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.