उत्साहित धनुषाका मतदाता (फोटो फिचर)
जनकपुरधाम : २० वर्षको प्रतिक्षा पछि भईरहेको स्थानीय तहको निर्वाचनमा उत्साहजन रुपमा मतदान भईरहेको छ । सोमबार प्रदेश नम्बर २ भईरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदाताहरु निकै उत्साहका साथ सहभागी भइरहेका छन् ।
जनकपुर उपमहानगरपालिकाको २५ वटै वडाहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । धनुषा जिल्लामा १८ स्थानीय तहका लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले बताइन्।
उपमहानगरपालिकाको १०१ मतदान केन्द्र र ९८ वटा मतदान स्थलमा मतदाताहरु लामबद्ध भएर शान्तिपूर्वक मत खसालिरहेका छन् । प्रहरी प्रशासनको विशेष निगरानी र निर्वाचन आयोगका कर्मचारीहरुको पूर्ण सर्तकतामा भईरहेको मतदानमा पुरुषको तुलनामा महिलाहरुको उल्लेख्य सहभागिता देखिएको छ ।