कांग्रेस नेता निधिले विहानै गरे मतदान
जनकपुर: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। उनले धनुषा जिल्लाको नगराइन नगरपालिका वडा २बाट मतदान गरेका हुन्।
पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिले राजेश्वर निधि विद्यालयमा मतदान गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले बताए। निधि पछिल्लो दुर्इ सातादेखि प्रदेश नं. दुर्इमा बसेर चुनावी अभियानमा व्यस्त थिए। उनी मधेशमा प्रभावशाली नेताका रुपमा चिनिन्छन्।