रौतहटमा माओवादीले बुथ कब्जा गर्न खोजेपछि झडप

रौतहटमा माओवादीले बुथ कब्जा गर्न खोजेपछि झडप

रौतहट: रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ। झडपपछि करिव आधा घण्टा मतदान स्थगित भएको थियो। 

माओवादी कार्यकता र अन्य दलका कार्यकर्ताबीच झडप भएको हो। मतदान सुरु भइरहेको समयमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ।

दुवै तर्फका ४ जना भन्दा बढी घाइते भएका छन्। बिहान दश बजे झडप भएको हो । झडपपछि आधा घण्टाजति मतदान प्रकृया रोकिएको थियो।

झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाइफायर गरेको छ। अहिले मतदान सुचारु रहेको मोलापपुर नगरपालिकाका मतदान अघिकृत बिरेन्द्र कुमार केसीले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.