'प्रचण्ड'ले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य

'प्रचण्ड'ले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य

चितवन: नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएको छन्। पत्रकारसँग कुराकानी गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए।

 

प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा उनले बाटो बिराएको वैद्यको भनाइ थियो।बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै उनले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताए।

उनले भने, 'माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो।' प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै उनले भने, 'ग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र।' कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै उनले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुनसक्ने उनले बताए।

जसका लागि बिप्लव र मोहनबिक्रमसँग कुराकानी भइरहेको उनले बताए।नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै उनले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताए।

आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै वैद्यले सरकारको रबैयाले भावी बाटो कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने बताए। अर्कोएक प्रश्नमा उनले अबको संघ र प्रदेशको निर्वाचनमा जाने नजाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमा टुंगो लाग्ने बताए।

वर्तमान सरकारले राष्ट्रियता, जनजीविकालगायतका समस्याको हल गर्न नसक्ने भन्दै उनले राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारबाट अपेक्षा गर्न नसकिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.