वडाअध्यक्षका उम्मेदवारलाई कुटपिट गर्ने दुई जना पक्राउ
महोत्तरी: महोत्तरी जिल्लाको सुनमा गाउँपालिका वडा नं. ८ मा वडाअध्यक्षका उम्मेदवारलाई कुटपिट भएको छ। स्वतन्त्रतर्फबाट वडा अध्यक्षका उम्मेदवार राजदेव यादवलाई फोरम लोकतान्त्रिकका कार्यकर्ताले कुटपिट गरेका हुन्।
मतदान स्थलमा मत मागिरहेका यादवलाई सरोज यादव र राजीव यादवले कुटपिट गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए।
उनका अनुसार कुटपिट गर्ने दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ।