धनुषामा दुर्इ बजेसम्म ५० प्रतिशत मत खस्यो, मतदाताको भीड कम हुँदै

धनुषामा दुर्इ बजेसम्म ५० प्रतिशत मत खस्यो, मतदाताको भीड कम हुँदै

जनकपुरधाम: बिहानैदेखि उत्साहका साथ भइरहेको स्थानीय तहको निर्वाचनमा दिउँसो साढे दुईबजेसम्म ५० प्रतिशत भन्दा बढि मत खसेको छ। करिव दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा उत्साहजन रुपमा मतदाताहरुको उपस्थिति देखिन्छ।

बिहानै मतदाताहरुको उल्लेख्य सहभागिता रहेपनि दुई बजेपछि भने मतदान केन्द्रहरु सुनसान देखिन थालेका छन्। मतदाताहरुको संख्या निकै पातलो देखिन्छ भने एक दुई जना गरेर आउने र मत खसाउदैं फर्किने क्रम जारी रहेको छ।

मतदान केन्द्रहरुको संख्यामा वृद्धि र मर्यादित तथा व्यवस्थित मतदान प्रक्रियाका कारण मत हाल्ने काम सजिलो भएको मतदाताहरुले प्रतिक्रिया दिएका छन्। धनुषाका ग्रामिण भेगमा पनि मतदान स्थलहरुमा भिडभाड पातलिएको छ।

जनकपुर उपमहानगरपालिकाको २५ वटा वडाहरुमा शान्तिपूर्वक रुपमा मतदान भईरहेका छन् भने धनुषा जिल्लामा १८ स्थानीय तहका लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्रमा समयमै मतदान सुरु गरिएको र कुनै पनि समस्या नभएको हुँदा चाँडै चाँडै मतदान प्रक्रिया सम्पन्न हुँदै गएको निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले बताएकी छिन्। जिल्लामा ७५ प्रतिशतसम्म मतदान हुने सम्भावना रहेको प्रमुख झाको भनाई छ।

अधिकांश पुरुष मतदाताहरु वैदेशिक रोजगारमा रहेको कारण महिला मतदाताहरुको उपस्थिति बढि देखिएको छ। महिलाहरुले घरको कामकाज पनि गर्नुपर्ने भएकोले सबैरै मत हालेका हुन्। साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका निर्वाचन आयोगको रहेको हुनाले अन्तिम एकघण्टासम्म भिडभाड बढ्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.