माओवादी केन्द्र प्रवेश गर्न नेमकिपा परित्याग गर्ने नेता कार्यकर्ताको सूची

माओवादी केन्द्र प्रवेश गर्न नेमकिपा परित्याग गर्ने नेता कार्यकर्ताको सूची

जुम्लाः नेपाल मजदुर किसान पार्टी जुम्लालाई ठूलो धक्का लागेको छ । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्षसहित एकसय ३९ कार्यकर्ताले एकैसाथ पार्टीबाट राजीनामा दिएका छन् ।
सोमबार जिल्लामा पत्रकार सम्मेलनको आयोजना गरी नेक्राशिसंघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालसहित कार्यकर्ताहरुले साधारण सदस्य नरनेगरी पार्टी परित्याग गरेको बताएका छन् । पार्टी परित्यागको घोषणासँगै पूर्णप्रसाद धितालको संयोजकत्वमा बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान समेत गठन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । लामो समयसम्म कामदार वर्गको हितमा संघर्ष गर्दै आएपनि पार्टी फैलिनुको साटो खुम्चीदै जानुमा नेतृत्वमा रहेका व्यक्तिहरुका कारण आफुहरु रहन नसक्ने वातावरण सिर्जना भएको धितालले बताए ।


उनले पटक पटक पार्टीले लिएको कार्यशैली बदल्न सुझाव दिएपनि कार्यान्वयनको दिशामा कुनै पहल नहुँदा आफुहरु बाध्य भएर पार्टी परित्याग गर्नुपरेको पत्रकार सम्मेलनमा बताए । ‘काममदार वर्गलाई शासकका रुपमा उठाउने उद्देश्य राखी लामो समयदेखि संघर्ष गर्दै आएको नेमकिपा फैलिनुको साटो खुम्चिँदै गयो’विज्ञप्तीमा भनिएको छ,‘पार्टीले लिएको कार्यशैली परिवर्तनका लागि पार्टी नेतृत्वलाई बारम्बार सुझाव दिँदा पनि नेतृत्व टसको मस परिवर्तन नभई यथास्थीतिमा रहने देखिएकाले विभिन्न जिम्मेवारीमा रहेका हामीहरु साधारण सदस्यमा नरहनेगरी परित्याग गरेका हौं ।’


पार्टी परित्याग गरेका कार्यकर्ताहरुले आफुहरुको विचार मिल्ने वामपन्थी शक्तिहरुसँग छलफल गरेर बलियो पार्टी निर्माणका लागि समावेश हुनसक्ने बताएका छन् । पूर्णप्रसाद धिताल पश्चिम नेपालमै नेपाल मजदुर किसान पार्टीका प्रभावशाली युवा नेताका रुपमा हेरिँदै आएको थियो । धितालसँगै सिंजा क्षेत्रका यति धेरै कार्यकर्ताहरुले पार्टी परित्याग गरेपछि नेपाल मजदुर किसान पार्टीलाई कर्णालीमा ठूलै धक्का लागेको छ । धिताल यसअघि भएको स्थानीय तहको निर्वाचनमा नेमकिपाबाट सिँजा गाउँपालिकाका अध्यक्षमा निर्वाचन लडेका थिए । निर्वाचनमा उनी एकसय ८१ मतले पराजित भएका थिए । उनको एकहजार दुई तीन मत आएको थियो भने, अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका देवलसिंह रावलको एकहजार तीनसय ८४ मत प्राप्त भएको थियो ।


नेमकिपाबाट पार्टी परित्याग गरेका धिताल सहितका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी भइरहेको माओवादी केन्द्र जुम्लाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार यही असोज ८ गते सिंजामा हुने माओवादी केन्द्रको आमसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने भएका छन् । यता नेपाल मजदुर किसान पार्टी जुम्लाका अनुसार धितालले पार्टीलाई धोका दिने थाहा पाएसँगै पार्टीको सबै जिम्मेवारीमा नबस्नेगरी निस्कासित गरिएको जिल्ला अध्यक्ष शिवलाल डाँगीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.