बारामा ७५ प्रतिशत मत खस्यो

 बारामा ७५ प्रतिशत मत खस्यो

सिमरा: दुई उपमहानगरसहित १६ स्थानिय तह रहेको बारामा सोमबार भएको निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी मत खसेको छ।तीन लाख ३४ हजार ६ सय ४७ मतदाता रहेको बाराको सबै तहमा उत्साहपूर्वक निर्वाचन सम्पन्न भएको र झण्डै ७५ प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ।

 

सामान्य वादविवाद र झगडाका घटना बाहेक निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
सुरक्षाको दृष्टीले चुनौतीका रुपमा लिईएको दुई नम्बर प्रदेशको आठ जिल्लामध्ये बारामा बिहान ७ बजेदेखी साझ ५ बजेसम्म अवरोध बिना निर्वाचन सम्पन्न भएको थापाको भनाई छ।

थापाका अनुसार उपमहानगर, नगरपालिकामा ६० प्रतिशत र गाउपालिकामा ८० प्रतिशत मत खसेको थापाले जानकारी दिए। दुई उपमहानगर, पाच नगरपालिका र ९ गाउपालिका बारामा तीन सय तीन मतदान स्थल रहेको थियो।

मतदान सकिएसंगै जिल्लाभरीका मतदान स्थलबाट मतपेटीका संकलन गर्ने काम सुरु भएको छ। सबै दलका प्रतिनिधिको सहमतीमा मुचुल्का बनाएर मतपेटीका संकलन गर्न थालिएको निर्वाचन अधिकृत थापाले जानकारी दिए। स्थानिय तहको सबै स्थानबाट मतपेटीका संकलन भएपछि उम्मेदवा र दलका प्रतिनिधिको सहमती मतगणनाको टुंगो लाग्ने बताइएको छ।

झण्डै दुई दशकपछि भएको निर्वाचनमा जिल्लाको दक्षिणी क्षेत्रमा बढी मत खसेको प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले जानकारी दिए। मानन्धरका अनुसार दक्षिणी क्षेत्रका अधिकांश मतदान केन्द्रमा ८० प्रतिशत भन्दा बढी मत खसेको छ।

निर्वाचनको समयमा प्रहरीले जिल्लाभरी १० जना भन्दा बढीलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले अर्को ब्यक्तिको नाममा मतदान दिन खोज्ने सात जना र चक्कु बोकेर मतदानस्थल भित्र प्रवेश गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका ब्यक्तिलाई आवश्यक कारवाही गरिने प्रहरी उपरीक्षक बैदवारले बताए।

जिल्ला प्रशासन कार्यलयबाट अनुमती नलिई चलाइएका ६० सवारीलाई प्रहरीले नियन्त्रणमा राखेको छ। राजमार्गमा चेकजाचका क्रममा अनुमती पत्र नभएको एउटा जीप र ५९ वटा मोटरसाईकलाई नियन्त्रणमा राखेको प्रहरी उपरिक्षक बैदवारको भनाई छ।निर्वाचनका लागि बारामा झण्डै सात हजार सुरक्षाकर्मी खटाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.