वाराका तीन स्थानीय तहको मतगणना सुरु

वाराका तीन स्थानीय तहको मतगणना सुरु

बारा : वाराका १६ स्थानीय तह मध्ये तीन तहको मतगणना सुरु भएको छ । दुई उपमहानगर, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको वाराको तीन तहको बिहान साढे पाँच बजेबाट मतगणना सुरु भएको छ ।

जितपुर सिमरा उपमहानगर, सिम्रौनगढ नगरपालिका,फेटा गाउँपालिका सुरु भएको छ । राति अबेरसम्म मतपेटिका संकलन गर्ने कार्य सकिएपनि सर्वदलीय बैठक भएका कारण बस्न ढिलाइ भएका कारण बिहानबाट मात्रै मतगणना सुरु भएको हो, जितपुर सिमरामा रातभरी बैठक बसेर ५ बजे मात्रै सहमति भई साढे पाँच बजेदेखि मतगणना सुरु गरिएको वाराका प्रजिअ विजय नारायण मानन्धर बताए ।

अन्य स्थानको पनि सर्वदलीय बैठक बसी मतगणना सुरु गर्ने तयारी भइरहेको प्रजिअ मानन्धरले जानकारी दिए ।  वारा जिल्लामा कूल ३३४७४६ मतदाता रहेकोमा ७५ प्रतिशत मत खसेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.