धनुषाका १८ मध्ये ५ तहको मतगणना जारी

धनुषाका १८ मध्ये ५ तहको मतगणना जारी

जनकपुरधाम : धनुषाको १८ वटा स्थानीय तह मध्ये ५ वटामा मतगणना सुरु भएको छ । जनकपुर उपमहानगरपालिकामा सर्वदलीय बैठक राति नै बसेपनि हालसम्म मतगणना सुरु हुन सकेको छैन् । यता, गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रले खाता खोलेको छ ।  माओवादी केन्द्रका सत्यनारायण कुवर २०८ मत ल्याई प्यानल सहित विजयी भएका छन् ।

त्यस्तै काँग्रेसका वाडाध्यक्ष उम्मेदवार विन्देश्वर अमात्य १२९ मत ल्याई दोश्रो र संघीय समाजवादी फोरमका वाडाध्यक्ष उम्मेदवार जय कुमार यादव ९४ मत ल्याई तेश्रो स्थान हाँसिल गरेको छ । ११ नम्बर वाडामा ८ सय ३९ मतदाता रहेकोमा ६ सय ६२ मत खसेको थियो । त्यसैगरी औरही गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकनन्दनी गापा सहितका स्थानमा मतगणना भईरहेको छ।

मतगणना स्थलबाट संचारकर्मीहरुलाई परिणामका विषयमा जानकारी दिन कुनै सम्पर्क कर्मचारीको व्यवस्था नगरिएको र निर्वाचन अधिकृतहरुले समेत फोन सम्पर्क गर्न खोज्दा फोननै नउठाउने गरेपछि मतपरिणामको विषयमा जानकारी लिन गाहे भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.