मतपरिणाम सार्वजनिक भएपछि विजयीहरू उत्साहित
जनकपुरधाम : तेस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेपछि विजयी उम्मेदवारहरु खुशियाली मनाउन थालेका छन् । धनुषा जिल्लाको १८ वटा स्थानीय तहहरुमध्ये १२ वटामा मतगणना भईरहेको छ ।
केही वडाको मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । जिल्लाको गणेशमान चारनाथ नपा ११ मा माओवादी केन्द्रका सत्यनारायण कुंवर प्यानलसहित विजयी भएपछि विहानैदेखी हर्षोउल्लास छाएको छ । हंसपुर नपा १ मा नेकपा एमालेका कामेश्वर कापडी विजयी भएका छन् । जनकनन्दनी गापा १ मा संघिय समाजवादी फोरमका धमेन्द्र गोइत विजयी भएको जानकारी प्राप्त भएको छ ।