भारतीय राजदूत पुरी नेपाल-चीन नाका हिल्सामा

भारतीय राजदूत पुरी नेपाल-चीन नाका हिल्सामा

सिमकोट: नेपालका लागि भारतीय राजदूत मञ्जित पुरी नेपाल-चीन सीमानामा रहेको हिल्सा नाका पुगेका छन्। आकस्मिक भ्रमणका रुपमा हिल्सा पुगेका राजदूत पुरीले भ्रमणलाई नीजि र व्यक्तिगत भेटघाट भएको बताएका छन्। हिल्सा-सिमकोट सडक आयोजनाको स्थलगत अध्ययन गर्न र चीनको ताक्लाकोटमा रहेको स्थानीय प्रशासनसँग समेत भेटघाट, छलफल गर्न सडक विभागको टोली हिल्सामा रहेका बेला भारतीय राजदूत पुरीले तीन घण्टा हिल्सासहित हुम्लाका विभिन्न क्षेत्रमा बिताएका थिए।

 

राजदूत पुरीको भ्रमण नितान्त व्यक्तिगत भएको नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव गणेश कर्णले प्रतिक्रिया दिए। उनले जिल्लाको समग्र अवस्था र हिल्सा सिमानाको वस्तुस्थितिका बारेमा राजदूतले चासो राखेको बताए। कैलाश मानसरोवर जाने भारतीय नागरिकको संख्या बर्षैपिच्चे बढ्दै गएको भन्दै दूतावासका प्रथम सचिव कर्णले हुम्ला हुँदै कैलास मानसरोवर जाने बाटोका बारेमा बुझ्न राजदूत हिल्सामा आएको स्पष्ट पारे।

सोमबार बिहान ७ बजेर १५ मिनेटमा समिट एरयरको जहाजबाट सिमकोट विमानस्थल पुगेका राजुत पुरी अर्को हेलिकप्टरमार्फत चीन र नेपालको सीमा हिल्सा पुगेका थिए। स्थानीय प्रशासनले कैलास मानसरोवरको भ्रमणका लागि राजदूत आएको हुन सक्ने अड्कल गरेपनि तीन घण्टापछि करिव साढे दश बजे हिल्साबाट सिमकोट हुँदै नेपालगञ्ज फर्किएका थिए।

राजदूत आउने कुरा ३ दिन अघि मात्रै भारतीय दूतावासबाट फोन आएको बताएका निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले भ्रमणको उद्धे्रश्यका बारे कुनै जानकारी नदिएको बताए। सिमिकोट विमानस्थलमा कैलाश मानसरोवर जाने भारतीय पर्यटक र हुम्लाको समसामयिक विषयमा राजदुतसँग कुरा भएको सिटौलाले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.