रौतहटको ताजा मतपरिणाम यस्तो छ

रौतहटको ताजा मतपरिणाम यस्तो छ

रौतहट: रौतहटका तीनवटा नगरपालिका चन्द्रपुर, गौर र गरुडा नगरपालिकाको मतगणना जारी छ। रौतहटको सवैभन्दा बढी मतदाता रहेको चन्द्रपुर नगरपालिकाको १,२, ९ र १० वडाको मत गणना अहिलेजारी छ।

 

साढे ११ बजेसम्मको पछिल्लो परिणाम अनुसार चन्द्रपुरमा माओवादी केन्द्रका मेयरका उम्मेदवार युवराज भट्टराई ४१८ , नेकपा एमालेका उद्धव रेग्मी ३७१ र काग्रेसका रामचन्द्र चौधरीले ३७१ पाएका छन्। यस्तै गरुडा नगरपालिकामा एमालेका मो. करिम्उलाहले २१७, काग्रेसका सुनिल यादवले १६०, माओवादीका बिपिन जयसवालले ७३, संघीय समाजवादी फोरमका इन्दुराय यादवले ५९ र राजपाका रामचन्द्र गुप्ताले २४ मत पाएका छन्।

यस्तै सदरमुकाम गौरमा राजपाका अजय गुप्ताले २००, एमालेका शम्भु साहले ३१६ र संघीय समाजवादी फोरमका गौरीशंकर यादवले ३७ मत प्राप्त गरेका छन्।

रौतहटमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिकाको मतगणना भइरहेको छ। इसनाथ नगरपालिका १ मा नेपाली का्रग्रेसका बिगु साह बनिया वडा अध्यक्षमा बिजयी भएका छन्। उनले ५८२ सय मत पाएका छन् भने उनका प्रतिदन्द्धी नेपाल लोकतान्त्रिक फोरमका शिव शंकर साह ले ३३१ मत पाएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.