जितपुर सिमरा उपमहानगरपालिकामा एमालेको अग्रता
बाराः बारामा १६ स्थानीय तहमध्ये अहिले १२ तहको मतगणना जारी छ। बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा अहिले मध्यान्हसम्म नेकपा एमालेले अग्रता कायम गरेको छ।
एमालेका तर्फबाट मेयरका उम्मेदवारले २७५ मतका साथ शीर्ष स्थानमा छन् भने एमालेका उम्मेदवारलाई नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।
कांग्रेसका उम्मेदवारको २१६ मत छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवारको १८६ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ। शान्तिपूर्ण रुपमा मतगणना भइरहेको छ।