सुरक्षाका लागि तारजालीले घेरेर मतगणना

सुरक्षाका लागि तारजालीले घेरेर मतगणना

काठमाण्डौं: प्रदेश नं. दुईमा सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाका लागि अधिकांश ठाउँमा तारजालीले घेरेर मतपत्रको सुरक्षा गरिएको छ। मतगणनाका क्रममा मतपत्रमा क्षति हुन सक्ने सम्भावनलाई मध्यनजर गर्दै धेरै जसो मतगणनास्थल तारजालीले घेरिएको हो।

उम्मेदवार र उनका प्रतिनिधिहरुलाई तारजाली बाहिर राखिएको छ भने कर्मचारीहरुले मतगणना गरिहेका छन्। तारजालीभित्रबाट बाहिर बसेका प्रतिनिधिहरुलाई मतपत्र देखाएर रुजु गर्ने काम भइरहेको छ।

स्थानीय तह अन्तर्गत पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए। महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्नुपरेको थियो।

भरतपुर काण्ड दोहोरिन सक्ने भन्दै निर्वाचन आयोगले नै जिल्लास्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई मतपत्रको सुरक्षाको भरपर्दो प्रवन्ध मिलाउन निर्देशन दिएको थियो।

प्रदेश नं. दुईका आठ जिल्लाका १३६ स्थानीय तहमा सोमबार निर्वाचन भएको थियो। मंगलबार दिउँसो १ बजेसम्म करिव ९० स्थानीय तहमा मतगणना भइरहेको छ। निर्वाचन आयोगले शुक्रबारसम्म सबै मतपरिणाम सार्वजनिक गरिसक्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.