रौटहटको चन्द्रपुर-माओवादी, गरुणा-एमाले र गौर नगरपालिकामा राजपाको अग्रता
रौतहट : प्रदेश २ मा सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनपछि रौतहटका तीनवटा नगरपालिका चन्द्रपुर, गौर र गरुडाको मतगणना जारी छ । रौतहटको सबैभन्दा बढी मतदाता रहेको चन्द्रपुर नगरपालिकाको १, २, ९ र १० वडाको मत गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।
दिउँसो २ बजे सार्वजनिक परिणाम अनुसार चन्द्रपुरमा मेयरका उम्मेदवार माओवादी केन्द्रका युवराज भट्टराई १००६ , एमालेका उद्धव रेग्मी ७०६ र कांग्रेसका रामचन्द्र चौधरीले ७५१ मत पाएका छन्।
गरुडा नगरमा एमालेका मो करिम्उलाहले ३२५, कांग्रेसका सुनिल यादवले १८०, माओवादीका बिपिन जयसवालले ८८ संघीय समाजवादी फोरमका इन्दुराय यादवले ९३ र राजपाका रामचन्द्र गुप्ताले ३९ मत पाएका छन् ।
यस्तै सदरमुकाम गौरमा राजपा नेपालका अजय गुप्ताले ४०५, एमालेका शम्भु साहले ३५१ संघीय समाजवादी फोरमका गौरीशंकर यादवले ५९ मत प्राप्त गरेका छन् ।
रौतहटमा १६ वटा नगरपालिका र २ गाउँपालिकाको मतगणना जारी छ।