वीरगन्ज महानगरमा मतगणना सुरु

वीरगन्ज  महानगरमा मतगणना सुरु

वीरगन्ज : प्रदेश नम्बर–२ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोमा रहेको एक मात्र महानगर वीरगन्जको मतगणना मंगलबार दिउँसो सवा २ बजेदेखि सुरु भएको छ ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा तोकिएको मतगणना केन्द्रको कोठा नम्बर २ मा दिउँसो सवा दुई बजेदेखि मतगणना सुरु भएको हो । वडा नम्बर १ बाट वीरगन्ज महानगरको मतगणना सुरु गरिएको छ ।

बिहान साढे ११ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय सर्बदलीय बैठकले गरेपनि मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्ने क्रममा केही समय लागेको र दलका प्रतिनिधी पनि ढिला गरी आएका कारण दिउँसो मात्र मतगणना सुरु गर्नु परेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए । वडा नम्बर १ को मतगणना भइरहेको कोठामा दलका प्रतिनिधीहरुलाइ तारजाली बाहिर राखिएको छ । मतगणनास्थलमा हरेक दलबाट एक जना प्रतिनिधीलाई मात्र बस्न दिइएको छ ।

मंगलबार बिहान बसेका सर्बदलीय बैठकले १० वटा समूहबाट मतगणना गर्ने निर्णय भएको भएपनि अहिले एउटा समूहले मात्र गणना गरिरहेको छ । केही बेरमै अरु समूहबाट पनि मत गणना व्यवस्था मिलाइने सुवेदीले जानकारी दिए । वडा नम्बर १ पछि ३२ नम्बर वडाको मत गणना हुने छ।

सोमबार भएको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा गरी ८४ हजार तीन सय १३ मत मात्र खसेको थियो । वीरगन्ज महानगरपालिकामा कुल एक लाख ८ हजार ५ सय १ मतदाता छन् । सोमबार वीरगन्ज महानगरमा ७३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.