१७ स्थानीय तहमध्ये ११ मा मतगणना जारी

१७ स्थानीय तहमध्ये ११ मा मतगणना जारी

सप्तरी: सप्तरीका १७ स्थानीय तहमध्ये अहिले ११ तहको मतगणना भइरहेको छ। मतगणना भइरहेको तिलाठी कोहलाडी गरपालिकामा अहिले राष्ट्रिय जनता पार्टी (राजपा)ले अग्रता लिएको छ।

पछिल्लो मतपरिणाम अनुसार सप्तकोशी नगरपालिकाको ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अगाडी छन्। एमाले उम्मेदवारले ४६८ मत ल्याएका छन् भने माओवादी उम्मेदवारले २२९मतका साथ दोस्रो स्थानमा छन्। यहाँ कांग्रेसका उम्मेदवार तेस्रोमा छन्। उनले १४८ मत प्राप्त गरेका छन्।

सप्तरीकै विष्णुपुर नगरपालिकामा फोरम लोकतान्त्रिकका उम्मेदवारले ३५० मतसहित शीर्ष स्थानमा छन् भने उनलाई स्वतन्त्र उम्मेदवारले पछ्याइरहेका छन्। उनको २४० मत रहेको छ। राजपा १३३ मत ल्याएर तेस्रो स्थानमा छ।

खडक नगरपालिकामा कांग्रेसका प्रमुखका उम्मेदवार किरणकुमार भगतले २३५, माओवादी केन्द्रका जयप्रकाश चौधरीले ९४, फोरम लोकतान्त्रिकका मदनकुमार चौधरीले ८९ र एमालेका शत्रुघ्नप्रसाद साहले ८३ मत ल्याएका छन् ।

तिलाठी कोईलाडी गाउँपालिकामा राजपा, नेपालका अध्यक्षका उम्मेदवार सतिशकुमार सिंहले ११३, नेपाली कांग्रेसका अरुणकुमार मण्डलले ५७ र फोरमका सत्यनारायण मुखियाले ३० मत लयाएका छन् ।

अग्निसाईर कृष्णासवरण गाउँपालिकामा राजपाका अध्यक्षका उम्मेदवार सत्यनारायण चौधरीले ३५, कांग्रेसका परशुराम चौधरीले २६ र एमालेका बद्रीनारायण चौधरीले २५ मत ल्याएका छन्।

विष्णुपुर गाउँपालिकामा फोरम नेपालले अग्रता कायम गरेको छ। फोरम नेपालका अध्यक्षका उम्मेदवार उमेशप्रसाद यादवले तीन सय ५०, स्वतन्त्रका सुरेन्द्र यादवले दुई सय ४०, राजपा नेपालका मुनीलाल खंग खत्वेले १३३ मत प्राप्त गरेका छन । 

राजविराज नगरपालिका १५ वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएका कारण स्थगित निर्वाचन आगामी बिहीबारका दिन सम्पनन भएपछि मतगणना सुरु हुने छ। अन्य कञ्चनरुप नपा, शम्भुनाथ नपा, बोदे बर्साइन नपा, छिनन्मस्ता गापा, बेल्ही चपेना गापा, बलान बिहुल गापा, रुपनी गापाको मतगणना सुरु हुन सकेको छैन् । सर्वदलीय बैठक गरी मतगणना सुरु गर्ने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.