पर्सामा एमाले र माओवादीले खाता खोले

पर्सामा एमाले र माओवादीले खाता खोले

वीरगन्जः स्थानीय तह निर्वाचनमा पर्सामा नेकपा एमालेले सबै भन्दा पहिलो जित हात पारेको छ। पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. १ मा एमालेको प्यानल नै विजयी भएको हो। वडाध्यक्षसहित ५ वटै एमालेका उम्मेदवार विजयी भएका छ्। वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका सगीर मिया विजयी भएका हुन्।

 

यस्तै सदस्यहरुमा पनि एमालेकै तेरस मुखिया र प्रजापती महतो तथा महिला सदस्यमा सुगान्धी देवी र दलित महिला सदस्यम फूलमती देवी विजयी भएका हुन्। यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नंबर १ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका उम्मेदवार फरमान मिया अन्सारी चार सय ७६ मत ल्याएर विजयी भएका छन्।

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुलमान मियाँले तीन सय १५ मत पाए। महिला सदस्यमा लिलादेवि लामा, दलित महिला सदस्यमा पानवा देवि र खुल्ला सदस्यहरुमा असिम मिया चुडीहार र नारायण साह तेली निर्वाचित भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए।

यसैबीच पर्सामा नेकपा माओवादी केन्द्रले पनि जितको खाता खालेको छ। ठोरी गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रामप्रकाश कँुवर विजयी भएका हुन्। कांग्रेस र माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कुँवरले ६ सय आठ मतका साथ विजयी भए। उनका प्रतिद्वन्दी एमालेका मीन बहादुर गुरुङले चार सय ४१ मत प्राप्त गरे। यहाँ कांग्रेस–माओवादी गठबन्धनको प्यानल नै विजयी भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.