लहान नगरको मतगणना दुई घण्टादेखि स्थगित

लहान नगरको मतगणना दुई घण्टादेखि स्थगित

सिरहा: सिरहाको लहान नगरपालिकाको मतगणना दुई घण्टादेखि स्थगित भएको छ । वडा नम्बर ३ मा थोरै मतको अन्तरले कांग्रेसका वडा अध्यक्ष विजयी भएपछि निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालले पुनः मतगणना गर्नुपर्ने भन्दै विरोध गरेपछि मतगणना स्थगित भएको हो।

अहिले लहान वडा नम्बर १, ३, ४, ५, ६ र ८ को मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन सहायक अधिकृत पवन गुप्ताका अनुसार वडा नम्बर ३ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ८ मतले विजयी भएपछि फोरमका प्रतिनिधिले विवाद गरेका छन्।

यता, फोरमले मतगणना भइरहेका सबै स्थलबाट आफ्नो प्रतिनिधिलाई बाहिर बोलाएको छ। फोरम नेता रामचलितर महतोले वडा नम्बर ३ को मतगणना पुनः नगरिएसम्म नमान्ने बताए। उनले भने– हामी कुनै पनि हालतमा मान्दैनौं । मतगणना पुनः हुनुपर्छ । होइन भने हाम्रो प्रतिनिधि अब मतगणना स्थलमा बस्दैनन्।’

लहान नपा २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष सियाराम यादब विजयी भएका छन्। उनले ३४९ मत ल्याएर विजय भएका हुन् । उनका निकटम प्रतिस्पर्धी फोरमका शिवनारायण महतोले भने २ सय २७ मत पाएका छन्।

लहानको अहिलेसम्मको मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार मुनी साहले ९३१ मत ल्याएका छन् भने उनलाई कांग्रेसका उम्मेदवार अचमितलाल चौधरी ७२५ मतका साथ पछ्याइरहेका छन्। संघीय समाजवादी फोरमका उम्मेदवार वैद्यनाथ साहले ७ सय ४ र राप्रपाका उम्मेदवार लगनलाल चौधरीले ६९१ मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.