सिरहाका चार वडाको नतिजा सार्वजनिक : कुन तहमा कसको अग्रता कति ?

सिरहाका चार वडाको नतिजा सार्वजनिक : कुन तहमा कसको अग्रता कति ?

सिरहा : सिरहाका १७ वटै स्थानीय तहमा मतगणना जारी छ। अधिकांश स्थानीय तहमा मतगणना मध्यरातबाटै सुरु भयो भने केही स्थानीय तहमा मंगलबार बिहानबाट मतगणना भइरहेको छ। हालसम्म लहान नगरपालिका २ मा नेपाली कांग्रेसका वडाध्यक्ष सियाराम यादव, कर्जन्हा गाउँपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्ष मोहन बहादुर खत्रीको प्यानल, धनगढीमाई नपा १ मा एमालेका वडाध्यक्ष सूर्यनारायण महतो र भगवानपुर गाउपालिका १ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्ष बद्रिनारायण यादब निर्वाचित भएका छन्।

लहान नगरपालिकामा भने एमालेका मेयर उम्मेदवार मुनी साह ९३१ मत ल्याएर अग्रता लिएका छन् भने उनका निकटम प्रतिस्पर्धी कांग्रेसका मेयर उम्मेदवार अचमितलाल चौधरी ७२५ मत ल्याएर पछ्याउँदै छन्। लहान नगरमा वडा नम्बर २ को मतगणना सकिएको छ भने वडा नम्बर १, ३, ४, ५, ६ र ८ को मतगणना स्थगीत भएको छ। वडा नम्बर ३ मा पुनः मतगणना गर्नुपर्ने भन्दै फोरमका प्रतिनिधि बाहिर निसकेपछि मतगणना स्थगीत भएको सहायक निर्वाचन अधिकृत पवन गुप्ताले जानकारी दिए।

यस्तै औरही गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उम्मेदवार शिवजी यादवले अग्रता लिएका छन्। ४ सय ४८ मत ल्याएका उनलाई माओवादी केन्द्रका उम्मेदवार सिद्धार्थ यादव २ सय ४१ मत ल्याएर पछ्याइरहेका छन्। नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष रहेका सिदार्थ टिकट नपाएपछि मनोनयन दर्ता गर्ने दिन माओवादी केन्द्रमा प्रवेश गरेर अध्यक्षका टिकट लिएका थिए।

यस्तै सखुवा ननकारकट्टी गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार ५८ मत ल्याएर अग्रस्थानमा छन् भने फोरमका अध्यक्ष उम्मेदवार ४५ मत ल्याई दोस्रो स्थानमा रहेका छन्। यस्तै मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका मेयर उम्मेदवार श्रवण यादव अगाडी छन्। ३५५ मत ल्याएर अगाडी भएका श्रवणलाई एमालेका मेयर उम्मेदवार १७५ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै अर्नमा गाउँपालिकामा माओवादी केन्द्र अग्रता लिएको छ। माओवादी अध्यक्षका उम्मेदवार ३८१ मत ल्याएर अगाडी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष उम्मेदवारले २६९ मत ल्याएका छन्। यस्तै विष्णुपुर गाउँपालिकामा एमाले अगाडि देखिएको छ। १७२ मत ल्याएर एमाले अगाडि छ भने फोरमका अध्यक्ष उम्मेदवार ११४ मत ल्याएर दोस्रा स्थानमा छ।

यस्तै नरहामा भने एमालेका अध्यक्ष उम्मेदवार अगाडि देखिएको छ। नरहामा एमालेका अध्यक्ष उम्मेदवार २९५ मत ल्याएका छन् भने उनका निकटम प्रतिस्पर्धी कांग्रेसका अध्यक्ष उम्मेदवार २५३ मत ल्याएर पछ्याउँदै छन्। नवराजपुर गाउँपालिकामा भने नेकपा एमालेका अध्यक्ष उम्मेदवार अगाडि छ। ४७१ मत ल्याएर एमाले अगाडि छ भने उनका निकटम प्रतिस्पर्धी फोरमका अध्यक्ष उम्मेदवार २९१ मत ल्याएर पछ्याइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.