काँग्रेस र राजपाको विवादले मतगणना रोकियो

काँग्रेस र राजपाको विवादले मतगणना रोकियो

सर्लाही: मतगणनाका क्रममा नेपाली काँग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँगे्रस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो।

 

अहिले त्यहाँ प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको हो।भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.