बारामा कांग्रेस पाँच, एमाले र राजपा दुई तहमा अगाडी

बारामा कांग्रेस पाँच, एमाले र राजपा दुई तहमा अगाडी

बारा: बाराको १६ स्थानीय तहमा सोमबार सम्पन्न निर्वाचनको मतगणनामा जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेस पाच तहमा अघि देखिएको छ भने एमाले र राजपाले दुई दुई तहमा अग्रता हासिल गरेका छन्।

निर्वाचन कार्यलयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस तीन नगरपालिका र दुई गाउपालिकामा अगाडी रहेको हो। कांग्रेसले अग्रता हासिल गरेको नगरपालिकामा कोल्हवी, सिम्रौनगढ र महागढीमाई रहेको छ।

कोल्हवीको प्रमुखमा कांग्रेसका उम्मेदवारले पाँच सय ३३ र एमाले उम्मेदवारले ३ सय ५६ ल्याएका छन्। सिम्रौनगढमा कांग्रेसका उम्मेदवार राजपा भन्दा सात मतले अघि छन्। कांग्रेस तीन सय ६८ मतसहित पहिलो र राजपा तीन सय ६१ मतका साथ दोस्रो स्थानमा छ । महागढीमईमा कांग्रेसले ६ सय ६३ र राजपाले ३ सय ५३ ल्याएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकामा एमाले १००१ मतसहित अग्र स्थानमा रहेको छ। एमालेलाई माओबादीले सात सय दुई मतका साथमा पछ्याईरहेको छ । तेस्रो स्थानमा रहेको कांग्रेसको ६ सय ६७ मत रहेको छ।

पचरौता नगरपालिकामा राजपा सात सय ७० र एमाले ६ सय ८० मतसहित पहिलो र दोस्रो स्थानमा छन्। आदर्श कोतवाल गाउपालिकामा एमाले तीन सय मतसहित पहिलो र कांग्रेस एक सय ६४ मतसहित दोस्रो स्थानमा छन्। बारागढी गाउँपालिकामा कांग्रेस ५ सय ४९ मत ल्याएर कांग्रेस अग्र स्थानमा छ। कांग्रेसलाई चार सय ८२ मतका साथ संघीय समाजवादी फोरमले पछ्याइरहेको छ।

यसैगरी फेटा गाउँपालिकामा कांग्रेस २ सय ६४ मत ल्याएर अग्रतामा छ भने नेपाल लोकतान्त्रिक फोरम २ सय १४ मतका साथ दोस्रो स्थानमा छ। परवानीपुर गाउँपालिकमा राजपा एक सय ४९ र संघीय समाजवादी फोरम एक सय १० मतका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
बाराको कलैया उपमहानगरपालिकासहित अन्य स्थानीय तहमा मतगणना भइरहेपनि प्रारम्भिक परिणाम सार्वजनिक गरिएको छैन।

दुई वडामा एमाले बिजयी
बाराको पचरौता नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार जगतनारायण प्रसाद यादवको प्यानल बिजयी भएको छ। यादवले आठ सय १७ मत प्राप्त गर्दा राजपाका वडा अध्यक्षका उम्मेदवार ६ सय ४० मत प्राप्त गरे।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा एमालेका उम्मेदवार ईलिहाज देवानको प्यानल बिजयी भएको छ। देवान निर्वाचित भएसंगै एमालेका कायकर्ताले बिजयी जुलुस निकाल्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.